काेलम्बियाका प्लेमेकर काेपा अमेरीकाका लागि टिममा परेनन्

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१४
  • |
  • 578 पटक हेरिएको

एभर्टनका प्लेमेकर हामेस रोद्रिगुइजले आसन्न काेपा अमेरीका गुमाउने भएका छन । कोलम्बियाले सार्वजनिक गरेको टिममा हामेसलाई राखिएको छैन ।

गत साता स्वदेश फर्किएका हामेसले केहि दिनमा नै आफुलाई फिट राख्नका लागि फिजिकल एक्सरसाइज सुरु गरेका थिए । तर कोलम्बिया फुटबल टिमका मेडिकल स्टाफले उनलाई पुर्ण रुपमा ठिक नभएको बताएका छन ।

एभर्टनका विंगर समेत रहेका रोड्रिगेजले विश्वकप छनोट अन्तर्गत पेरु र अर्जेन्टिनाविरुद्धको खेल समेत गुमाउने छन् ।

इंग्ल्याण्डमा सकिएको सिजनमा अनुबन्ध भएका हामेसलाई सुरुवात बाट नै चोटले सताएको थियो । जसका कारण उनले एभर्टनले खेलेको लिगको अन्तिम खेल पनि खेलेका थिएनन् । जसमा एभर्टन म्यानचेस्टर सिटीसँग पाँच शुन्यले हारेको थियो ।

त्यसपछि हामेस कोपा अमेरीकाका लागि स्वदेश फर्किएका थिए । हामेसले कोलम्बियाबाट ७० खेल खेल्दा २३ गोल गरेका छन भने २५ एसिस्ट गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal