अलाबा अनुबन्ध भएपछि भारानेकाे भविष्य अन्याेलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१४
  • |
  • 794 पटक हेरिएको

बार्यन म्युनिखबाट रियलमा फ्रि ट्रान्सफरमा रियल मड्रिडमा अनुबन्ध भएका डेविड अलाबालाई क्लवले युरो कपपछि मात्र सार्वजनिक गर्ने भएको छ ।

पाँच बर्षको सम्झौतामा बेर्नाबेउमा अनुबन्ध भएका २८ बर्षे अलाबालाई रियलले प्रशिक्षक जिनेदिन जिदानले राजिनामा दिएको एक दिनपछि नै अनुबन्ध गरेको हो ।

१३ बर्ष बार्यनमा विताएका अलाबाले कुल २७ वटा उपाधि जितेका थिए । जर्मन च्याम्पियनबाट उनले चार सय ३१ खेल खेलेका थिए । उनले युरोकपमा अष्ट्रियाबाट खेलेपछि रियलले उनलाई सार्वजनिक गर्ने भएको हो ।

बार्यनका लागि सकिएको सिजनमा ३४ खेलमा ३२ मा टिममा परेका थिए । उनी डिफेन्स र मिडफिल्ड दुबैमा खेल्न सक्ने खेलाडी हुन ।

अलाबा रियलमा अनुबन्ध भएपछि अब रफायल भारानेको भविष्यमाथि प्रश्न उठेको छ । भाराने ६० मिलियन पाउण्डमा अर्को क्लवमा जाने चर्चा भएपछि कुन क्लव भन्ने तोकिएको छैन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey