Mega Bank

टेष्ट च्याम्पियनसिप फाइनलः बराबरी भए दुबै विजेता, ड्यूक बलको प्रयोग हुने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-१४
  • |
  • 90 पटक हेरिएको

भारत र न्यूजिल्याण्डविच जुन १८ बाट हुने विश्व टेष्ट च्याम्पियनसिपको फाइनल खेल बराबरीमा सकिएको खण्डमा दुबैलाई विजेता बनाइने अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले बताएको छ ।

आइसीसीले टेष्ट च्याम्पियनसिपको फाइनल बराबरीमा सकिएमा त्यसको नतिजा कुनै अर्को विधीमा नगरिने बताएको छ । जुन १८ देखि २२ तारिखसम्म हुने फाइनलका लागि रिजर्व डे राख्ने योजना पनि आइसीसीले बनाएको थियो ।

तर अहिले उसले यसको निर्णय अम्पायरले गर्ने बताएकोस छ । दुबै टिमसँगको सल्लाहपछि खेलका बेला नै यसको निर्णय गरिने आइसीसीले बताएको छ ।

टेष्ट च्याम्पियनसिपको फाइनल ग्रेड १ ड्यूक बलबाट खेलिने भएको छ । यो बल इंग्ल्याण्ड र वेष्ट इन्डिजमा बढि खेलिने गरिन्छ । पाकिस्तान, भारत, श्रीलंका जस्तो देशमा एसजी बलको प्रयोग हुने गरिन्छ ।

अष्ट्रेलिया र न्यूजिल्याण्डमा कुकाबुरा बलको प्रयोग गरिन्छ । टेष्ट फाइनलमा डीआरएस वा अम्पायर कलको नियमन लागु नहुने भएको छ । आइसीसीले मार्चमा डीआरएस सिस्टम खारेज गरेको थियो ।

भर्खरै

Advertisement