यूइएफएले कारवाही गरे कोर्ट जाने बार्सिलोनाको भनाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१४
  • |
  • 352 पटक हेरिएको

घोषणा हुन नपाउँदै विवादित बनेको युरोपियन सुपर लिगको संस्थापक क्लव बार्सिलोनाले यदि यूइएफएले आफुहरुलाई कुनै कारवाही गरेमा अदालतमा जाने बताएको छ । पछिल्लो पटक युइएफएले अझैपनि सुपर लिगमा रहेका तीन क्लव युभेन्टस, बार्सिलोना र रियल मड्रिडविरुद्ध कानूनी कारवाही गर्ने प्रक्रिया अगाडी बढाएको थियो ।

महासंघको सो निर्णयपछि बार्सिलोनाले यदि आफुमाथि कारवाही भएमा कोर्ट अफ आर्बिटेसनमा मुद्दा हाल्ने बताएको छ । बार्सिलोना अध्यक्ष लार्पोटाले आफुहरु सुपर लिगमा जाने कुरालाई माफी नमाग्ने र जरिवाना पनि नतिर्ने बताएका छन । यदि युरोपियन फुटबल महासंघले आफुलाई कुनै कारवाही गरेको खण्डमा आफुहरु कोर्टमा जाने बताए ।

उनले क्लवको इच्छा अनुसार गरेको निर्णय विरुद्ध कुनै जरिवाना वा कारवाही भएमा कोर्टको ढोका ढकढक्याउने बताए । सुपर लिगको घोषणा गर्दा सुरुवातमा १२ क्लव समावेश थिए । तर चौतर्फि विरोध र दबावका विच नौ क्लवले नाम फिर्ता लिएका थिए । जसमा ६ क्लव प्रिमियर लिग, दुई सिरी ए र एक क्लव ला लिगाको थियो ।

युइएफएले अनुशासनको कारवाहीका लागि प्रक्रिया अगाडी बढाएको छ । यसका साथै तीनै क्लवलाई दुई बर्ष च्याम्पियन्स लिग खेल्न नपाउने कारवाही गर्ने बताएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey