Mega Bank
Prabhu Bank

महिला भलिबलको जिम्मा फेरि भट्टलाई, राखेपसँग बजेट माग्दैछौं : कार्यबहाक अध्यक्ष गुरुङ

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-१४
  • |
  • 67 पटक हेरिएको

काठमाडौं । आगामी अगस्ट २९ देखि सेप्टेम्बर २१ सम्म फिलिपिन्समा आयोजना हुने एसियन च्याम्पियनसिपका लागि नेपाली महिला टिमले २१ गतेदेखि तयारी थाल्ने भएको छ ।

नेपाल भलिबल संघको शुक्रबार बसेको भर्चुअल बैठकले चैतमा भएको आरबीबी महिला भलिबल च्याम्पियनसिपका आधारमा छनोट गरिएका ३० जना खेलाडीको सूची सार्वजनिक गरेको हो । भलिबल संघका कार्यबहाक अध्यक्ष यामबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले सरकारले २० गतेसम्म निषेधाज्ञा जारी गरेकाले २१ गतेदेखि बन्द प्रशिक्षण शुरु गर्ने निर्णय गरेको हो ।

३० जना खेलाडीको सूची सार्वजनिक गरेको भलिबल संघले प्रशिक्षकको जिम्मा भने नेपाली महिला टिम सम्हालि सकेका सफल प्रशिक्षक जगदीश भट्टलाई नै दिएको छ ।

भट्ट अहिले कञ्चनपुरमा व्यस्त रहेका छन् । शुक्रबारको भर्चुअल बैठकमा सहभागी भएका भट्ट प्रक्रिया पुरा गरेर राष्ट्रिय खेलकुद परिषद्ले पत्र पठाएमा आफू काठमाडौं आउने नेप्लेजलाई जानकारी दिए । अगस्ट आउन धेरै समय नभएकाले अहिलेबाटै तयारी थाल्नुपर्नेमा उनको जोड थियो । तर, अवस्था सहज भने नभएको बताउँदै त्यसका लागि भलिबल संघ र राखेपले पनि पहल गर्नुपर्नेमा जोड दिए ।

भलिबल संघका कार्यबहाक अध्यक्ष गुरुङले राखेपले अघि बढ्न निर्देशन दिएकाले आफूहरुले टिम सार्वजनिक गरेर बन्द प्रशिक्षण शुरु गर्न लागेको जानकारी दिए । अहिले कोभिडका कारण छोटो अवधिमै तयारी गर्नुपर्ने भएको पनि उनले बताए । नेपालले एसियन गेमलाई अबसरको रुपमा लिएको पनि गुरुङले बताए । उनले भने ‘यो गेम हाम्रा लागि अवसर र चुनौती उत्तिकै रहेको छ ।’
अभ्यासका लागि अहिले जगदीश भट्टलाई जिम्मेवारी दिएको बताउँदै कार्यबहाक अध्यक्ष गुरुङले अरु सपोर्टिङ स्टाफ पनि चाँडै दिने जानकारी दिए । अहिले टिम ब्यवस्थापकमा निरोज मास्के र ट्रेनरको रुपमा अञ्जु श्रेष्ठलाई राखिएको छ ।

भट्टले एभीसी सेन्ट्रल जोनमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए भने काठमाडौमा भएको १३ औं दक्षिण एशियाली खेलकुदमा रजत पदक दिलाएका थिए । फाइनलमा भारतसँग ३–२ को सेटमा नेपाल पराजित भएको थियो ।

विगतमा नेपाल भारतसँग सोझो सेटमा पराजित हुने गरेकोमा भट्टको प्रशिक्षणमा नेपालले भारतमाथि दुई सेट जित पनि निकालेको थियो । ‘प्रशिक्षणका लागि सहायक प्रशिक्षक लगाएत अरुलाई पनि चाँडै नियुक्त गर्ने तयारीमा छौं ।’ कार्यबहाक अध्यक्ष गुरुङल भने ।

एसियन च्याम्पियन सिप खेल्न पाउनु आफैमा नेपाली महिला भलिबल टिमका लागि ठूलो सफलता पनि हो । तर यसका लागि गर्नुपर्ने तयारी नेपाल भलिबल संघ र राष्ट्रिय खेलकुद परिषद राखेपले धेरै नै छ । खास गरि अहिलको अवस्थामा खेलाडीको तालिम भत्ता लगाएतकै कुरामा मासिक २० लाख भन्दा बढी खर्च हुने अवस्था छ ।

यो खर्चको विषयमा पनि राखेपसँग कुरा भइरहेको कार्यबहाक अध्यक्ष गुरुङले जानकारी दिए । अब चाँडै नै राखेपमा बजेट पेस गर्ने र त्यसका लागि आश्वासन आइसकेकाले आफूहरु अघि बढेको पनि बताए ।

भर्खरै

Advertisement