‘हामी एक्सपोजरका लागि इराक आएका हौं’: प्रशिक्षक अल्मुताइरी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१४
  • |
  • 1128 पटक हेरिएको

नेपाल र इराकविचको मैत्रीपुर्ण खेलको भिडियो प्रिभ्यू

फिफाको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपालले शनिबार राति इराकसँग खेल्दैछ ।

करिव दुई दशकपछि नेपालले इराकसँग खेल्न लागेको हो । नेपाल भन्दा फिफा बरियतामा पनि निकै माथि रहेको इराकसँगको खेलबाट नेपालले जित भन्दापनि राम्रो एक्पोजर पाउने आशा राखेको छ ।

इराक बरियतामा ६८ औं स्थानमा रहेको छ भने नेपाल एक सय ७१ औं स्थानमा छ । शारिरिक रुपमा निकै राम्रो रहेको इराकी टिम विश्वकप खेलिसकेको टिम हो ।

बस्रारंगशालामा हुने खेल नेपाली समय अनुसार राती सवा १० बजेबाट सुरु हुनेछ । सन् १९८६ मा विश्वकप खेलिसकेको इराक पछिल्लो पटक घरेलु द्धन्द्धका कारण केहि खस्किएको थियो । तर उसले विस्तारै आफूलाई लयमा फर्काउँदैछ ।

यो पटक नेपाली फुटबल टिमलाई नयाँ प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षण दिइरहेका छन् । उनको नेपाली टिमसँग पहिलो भ्रमण रहेको र नेपाली टिममा पनि निकै परिवर्तन भएकाले नतिजा कस्तो आउने हो भन्नेमा पनि सबैको ध्यान रहेको छ ।

तर प्रशिक्षक अल्मुताइरीले इराकसँगको खेल टिमका लागि फिफा विश्वकप छनौटका लागि राम्रो अनुभव हुने र कुवेतको मौसमसँग मिल्ने भएकाले पनि विश्वकप छनौट खेल्न सजिलो हुने धारणा राखेका छन् । यसका साथै उनले इराकी फुटबल टिम प्राविधिक रुपमा निकै राम्रो रहेको र एशिया तथा अरब देशको उत्कृष्ट टिम मध्ये एक रहेको बताए ।

नेपालका लागि यो खेल निकै राम्रो एक्पोजर पाउने मौका रहेको छ । उनले इराकमा खेल्न आउनुको मुख्य कारण नै खेलाडीलाई कुवेतको मौसमसँग घुलमिल गराउने रहेको बताएका छन् ।

कप्तान किरन चेम्जोङले इराकविरुद्धको खेलका लागि आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । खेलका लागि आफू हरु तयार रहेको बताउँदै इराकसँग खेल्न पाउनु ठूलो अबसरको रुपमा लिएको पनि उल्लेख गरे । कुवेतमा विश्वकप छनोट खेल्नु अघिको यो खेलले खेलाडीको मनोबल उच्च हुने र तयारी पनि राम्रै रहेको बताए ।

May be an image of 6 people and people standing

नेपालसँग खेल्न लागेको इरकाको टिममा पनि नौ खेलाडी नयाँ खेलाडीलाई राखिएको छ । जसको फाइदा केहि भएपनि नेपाललाई हुन सक्नेछ । ताजिकिस्तानविरुद्ध मे २४ मा भएको खेल अगाडी राष्ट्रिय टिममा रहेका नौ खेलाडीले उनको क्लव इराक पुलिसले फिर्ता बोलाएको थियो ।

इराक कपमा पुलिस टिम क्वाटरफाइनलमा पुगिसकेको र सो खेल जुन सुरुमा नै रहेकाले उक्त क्लवले इराक एफएसँग खेल सार्नका लागि प्रस्ताव गरेको थियो ।

तर इराक एफएले नमाने पछि आफ्नो नौ खेलाडीलाई क्याम्पबाट फिर्ता बोलाएको थियो । जसका कारण टिममा नौ जना नयाँ अनुहार रहेका छन् ।

इराकविरुद्ध नेपालले फोर थ्री थ्री वा फोर, टु, थ्री वनको फरमेसनको खेल्ने संभावना रहेको छ । इराकले नेपालसँग मैत्रीपुर्ण खेलका लागि प्रस्ताव गर्नुको कारण फिफा विश्वकप छनौटको तयारी नै रहेको छ ।

उसले कम्बोडिया टिमसँग खेल्ने तयारीमा छ । नेपाल र कम्बोडिया उस्तै टिम रहेको इराकका प्रशिक्षकको आंकलन रहेको छ । डिफेन्सिभ खेल खेल्ने र समय समयमा काउन्टर गर्ने भएकाले कम्बोडियाको शैलीमा खेल्ने टिमसँग खेल्न इराकी प्रशिक्षक खोजिरहेका थिए । यस्तैमा उनले नेपालसँग खेल्न लागेको हो इराकी फुटबलका इतिहासविद् अली अल्बद्रावीले बताएका छन ।

नेपाल र इराक अहिलेसम्म दुई खेल खेलेको छ । जसमा नेपालले दुबै खेल हारेको छ । सन् १९८२ मा पहिलो पटक खेल्दा नेपाल तीन शुन्यले पराजित भएको थियो भने सन् २००१ मा विश्वकप छनौटमा खेल्दा नेपालले नौ एकको फराकिलो हार ब्यहोरेको थियो । तर दोस्रो लेगमा भने नेपाल चार दुईले पराजित भएको थियो ।

नेपाल र इराक करिव दुई दशकपछि खेल्न लाग्दा त्यो बेला खेलेको र अहिलेको टिममा निकै परिवर्तन भइसकेको छ । इराकले पछिल्ला पाँच खेलमा अपराजित रहेको छ । उनले तीन खेल जितेको छ भने दुई खेल बराबरी गरेको छ । नेपालले पछिल्ला पाँच खेलमा तीन खेल बराबरी र दुई खेल जितेको छ । अन्तिम पटक घरेलु मैदानमा भएको थ्री नेशन्स कपको उपाधि जितेको नेपाली टिम इराकविरुद्ध इतिहास बनाउने लक्ष्यमा छ । तर त्यो निकै कठिन भने देखिएको छ ।

इराकका प्रशिक्षक सरेच्को कटानिचले जर्मनी, सर्बिया, क्रोएसिया र ईटालीमा उच्च श्रेणीको क्लब फुटबल खेल्नुको साथै सन् १९८४ को युरो कपमा युगोस्लोभाकियाबाट खेलेका थिए ।  सफल खेलाडी करियर पश्चात प्रशिक्षणमा लागेका कटानिचले स्लोभेनिया, मेसिडोनिया र युएईको समेत राष्ट्रिय टोलि सम्हालिसकेका छन् ।

ईराकले गत २४ तारिखमा बसरा रंगशालामै भएको खेलमा तजिकस्तानसँग ०–० को बराबरी खेलेको थियो । घरेलु लिग जारि रहेको अवस्थामा टोलीको ९ सदस्य बिनानै मैदानमा उत्रिएको ईराकले ४–४–२ को रणनीतिमा खेलेपनि अन्त्य तिर ४–२–३–१ को आधुनिक शैलीको फुटबल खेलेको थियो ।  हाल इराक फिफा विश्वकप छनोटको नजिक रहेको छ ।

समूह ‘सी’ बाट ५ खेल खेलिसकेको इराक ११ अंक सहित शीर्ष स्थानमा रहेको छ । उसलाई पछ्याईरहेको बहराईन ९, इरान ६, हङकङ ५ र कम्बोडिया १ अंक रहेको छ ।

निश्चयनै ईराकले नेपाल विरुद्धको खेलमा नयाँ प्रयोग गर्नेछ । कटानिचको आगमन पश्चात पछिल्लो दुई बर्ष ४–२–३–१ र ४–४–२ शैलीमा खेलेको ईराकले महत्वपुर्ण खेल अगाडीको मैत्रीपूर्ण खेलमा जोखिम नमोल्न सक्छ ।

नेपालको संभावित ११ यस्तो हुनेछ

गोलकिपर : किरण चेम्जोङ

डिफेन्स :  विकाश खवास, दिनेश राजवंशी, अनन्त तामाङ र रोहित चन्द

मिडफिल्ड : पुजन उपरकोटी, सन्तोष तामाङ, विशाल राई

फरवार्ड :  अञ्जन विष्ट, सुनील बल र नवयुग श्रेष्ठ

नेपालले ४–३–३ वा ४–२–३–१ को फरमेसनमा खेल्ने संभावना छ ।

 

इराकको सम्भावित टिम 

गोल किपर : अल हसन

डिफेन्स : मेथम जाबर, अहमद इब्राहिम,  जसिम अली, फैजल जसिम

मिडफिल्ड : सफा हदी, बसार रसान, हमाम तरिक, बसम साकेर

फरवार्ड : यो म्यान हुसेन र मीमी ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey