परेराको शतक, बंगलादेशलाई श्रीलंकाले दियो २८७ रनको लक्ष्य 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१४
  • |
  • 385 पटक हेरिएको

बंगलादेशविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट प्रतियोगितामा पाहुना टोली श्रीलंकाले २८७ रनको लक्ष्य दिएको छ । कुशल परेरकाको शतकीय रनको मद्दतले श्रीलंकाले बंगालदेशमाथि मध्यम लक्ष्य दिएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर २८६ रन बनायो ।

तीन वटा एक दिवसीय म्याचको सिरिज भने श्रीलंकाले पहिला नै २–० ले गुमाई सकेको छ ।

सिरिज जितिसकेको बंगलादे क्लिनस्वीप गर्ने दाउँमा छ भने श्रीलंका इज्जतका लागि पनि यो खेल जित्ने लक्ष्यमा रहेको छ ।

बंगलादेशविरुद्ध श्रीलंकाको शुरुवात भने राम्रो रहेको थियो ।

पहिलो विकेटका लागि धनुष्का गुनथिलका र कप्तान कुशल परेराले ८२ रनको साझेदारी गर्दै ठोस शुरुवात गरेका थिए ।

व्यक्तिगत ३९ रन बनाएका धनुष्का आउट भएपछि श्रीलंकाले पहिलो विकेट गुमाएको थियो । त्यस लगत्तै पथुम निस्काना पनि खाता नै नखोली आउट भएपछि श्रीलंकाले ८२ रन हुँदा दोस्रो विकेट पनि गुमाएको थियो । कुशल मेन्डिस र परेराले श्रीलंकाको इनिङ अघि बढाएका थिए । १५१ रन भएका बेला तेस्रो विकेटको रुपमा मेन्डिस पभेलियन फर्किएका थिए । मेन्डिस २२ रन बनाएर आउट भएका थिए ।

परेरा र  धनञ्जय डा सिल्भाले पारि सम्हालेका थिए । टिमको स्कोर २१६ रन भएका बेला शतकीय पारि खेलेका परेर आउट हुन पुगे ।  उनले १२२ बलमा ११ चौका र एक छक्काको मद्दतले १२० रन बनाएका थिए ।

पाँचौं विकेटको रुपमा निरोसन डिकवाला ७ रन बनाएर आउट हुँदा वानेन्डु हसरंगाले १८ रनको योगादन गरे । अन्तिमसम्म क्रिजमा रहेका सिल्भाले अर्धशतकको पारि खेल्दा रमेश मेन्डिस ८ रनमा नटआउट रहे । सिल्भाले ७० बल फेस गर्दा चार चौकाको मद्दतले ५५ रनको अर्धशतकीय पारि खेलेका थिए ।

बंगलादेशका तस्कीन अहमदले सर्वाधिक चार विकेट लिँदा सेफुल इस्लामको नाममा एक विकेट रह्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey