कल्पनालाई ओलम्पिक वाइल्ड कार्ड प्राप्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१४
  • |
  • 1136 पटक हेरिएको

जापानमा हुने टोकियो ओलम्पिकका लागि नेपालकी सुटिङ खेलाडी कल्पना परियारले शुक्रबार वाइल्ड कार्ड प्राप्त गरेका छिन् । अब उनले नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिकमा सहभागी हुने निश्चित भएको छ ।

कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छिन् । उनी टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो खेलाडी पनि भएका छिन् ।

‘नेपाल ओलम्पिक कमिटी र नेपाल सुटिङको अथक प्रयासपछि यो वाइल्ड कार्ड प्राप्त भएको छ,’ नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले बताए । उनले अन्य खेलमा पनि वाइल्ड कार्डका लागि प्रयास भइरहेको बताए ।

टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ र कल्पनासँगै चार खेलाडीले प्रतियोगितामा सहभागी हुने निश्चित भइसकेको छ । सहभागी हुने अन्य तीन खेलाडीमा पौडीका गौरिका सिंह र एलेक्स शाह तथा म्याराथनका गोचीचन्द्र पार्की रहेका छन् ।

नेपालबाट टाेकियाे जाने खेलाडीमा चार जना पक्का भएकाे छ । नेपालले सात खेलका १२ खेलाडीकाे नाम वाइल्ड कार्डका लागि पठाएकाे थियाे । त्यसमा तेक्वान्दाे र कराँतेले पाउने स‌म्भावना भने निकै न्यून रहेकाे छ ।

ते‍क्वान्दाे र कराँतेले छनाैट प्रतियाेगिता नै गुमाएका छन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal