इराकमा नेपाली फुटबल टिमको अभ्यास (फोटो फिचर)
- नेप्लेज
- |
- २०७८-०२-१४
- |
- 727 पटक हेरिएको
नेपाली राष्ट्रिय फुटबल टिम यतिबेला इराकमा रहेको छ ।
मैत्रीपूर्ण प्रतियोगिताका लागि नेपाली टिम मंगलबार राति इराक प्रस्थान गरेको थियो । बुधबार दिउँसो इराक पुगेको नेपाली टिमले विहीबार राति त्यहाँको मैदानमा अभ्यास गरेको हो ।
शनिबार राति सवा १० बजे इराकको टिमसँग मैत्रीपूर्ण फुटबल खेल्ने टिम आइतबार स्थलमार्ग हुँदै कुवेतमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गतको बाँकी तीन वटा म्याच खेल्न प्रस्थान गर्ने छ ।
विश्वकप छनोट अघिको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टिमले इराकमा अभ्यास गरेको हो ।
हेरौं इराकमा नेपाली टिमले गरेको अभ्यास फोटोमा