युरोमा क्वाटरफाइनलभन्दा माथि पुग्न नसकेको क्रोएसिया विश्वकपकै लय दोहोर्‍याउने लक्ष्यमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१४
  • |
  • 475 पटक हेरिएको

एजेन्सी । सन् १९९६ को युरोमा डेब्यू गरेयता क्रोएसियाले सन् २००० को बाहेक सबै संस्करणमा सहभागिता जनाएको छ । सन् २०१८ को विश्वकप उपविजेता क्रोएसियाको युरोमा भने सन् १९९६ र २००८ मा गरी दुईपल्ट मात्र क्वाटरफाइनलसम्म पुगेको छ ।
युरोपको एउटा सानो मुलुकका लागि अपेक्षाकृत रुपमा यो ठूलो उपलब्धी हो । तर क्रोएसियाली समर्थकहरु भने आफ्नो टोली योभन्दा ठूलो सफलताका लागि योग्य रहेको ठान्छन् । २००८ मा टर्कीसँग पेनाल्टी शुटआउटमा पराजित हुँदै बाहिरिनुपरेको एक मनोबैज्ञानिक घाउ क्रोएसियाको समर्थकका लागि अझै ताजै छ ।

समूह डी मा इंग्ल्याण्डको चुनौती

जुन १२ देखि सुरु हुने युरो २०२० मा क्रोएसिया समूह डी मा परेको छ । कोरोना महामारीका कारण युरो १ वर्ष सारिएको हो ।

यो समूहमा क्रोएसिया, चेक रिपब्लिक, इंग्ल्याण्ड र स्कटल्याण्ड छन् । समूह चरणमा क्रोएसियालाई इंग्ल्याण्डको चुनौती कठिन हुनेछ । त्यस्तै जायन्ट किलरको रुपमा रहेको चेक रिपब्लिकसँग पनि सजग हुनुपर्ने छ ।

मुख्य खेलाडी

लुका मोड्रिच (१३३ क्याप, १६ गोल)

क्रोएसियाका कप्तान, नेतृत्व र सायद अहिलेसम्मका सबैभन्दा महान खेलाडी मोड्रिड सम्भवतः खेलाडी करिअरको अन्तिम युरोको तयारीमा छन् ।

३५ वर्षीय रियल मड्रिडका यी मिडफिल्डरले सन् २००६ देखि अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू पाएका थिए । उनले सन् २०१८ को फिफा विश्वकपमा टिमलाई फाइनलसम्म पु¥याउन प्रेरणादायी प्रदर्शन गरेका थिए ।

इभान पेरिसिच

युरो २०१६ को छनोटमा क्रोएसियाका लागि सर्बाधिक ६ गोल गरेका पेरिसिचले मुख्य प्रतियोगितामा थप २ गोल गरेका थिए । साथै विश्वकपमा पनि उनले महत्वपूर्ण क्षणमा गोल निकालेका थिए ।

इटलीयन च्याम्पियन इन्टर मिलानका यी मिहिनेती स्ट्राइकरको अनुभव, स्तर र परिश्रम यो प्रतियोगितामा क्रोएसियाका लागि महत्वपूर्ण हुनसक्छ ।

युरो इतिहासमा क्रोएसियाका सम्झानलायक क्षणहरु

डेब्यू प्रतियोगिता सन् १९९६ को क्वाटरफाइनलमा क्रोएसिया जर्मनीसँग २–१ ले पराजित भएको थियो । र ठ्याक्कै यस्तै नतिजाका साथ सन् २००८ को समूह चरणमा उसले जर्मनीसँग बदला थियो । त्यस खेलमा इभिका ओलिच र डारिजो सनाले गोल गरेका थिए ।

पेरिसिचले ८७ मिनेटमा गोल गरेपछि सन् २०१६ मा समूह चरणको अन्तिम खेलमा साविक विजेता स्पेनलाई २–१ ले हराउँदै क्रोएसिया नकआउट चरणमा पुगेको थियो । अन्तिम १६ अन्तर्गत पोर्चुगललाई अतिरिक्त समयमा हराएर क्वाटरफाइनलमा पुगेको थियो ।

युरो २००८ को क्वाटरफाइनलमा इभान क्लास्निकले ११९ औं मिनेटमा गोल गरी अग्रता दिलाए पनि समय सकिनु केहि सेकेण्ड अगाडि टर्कीले बराबरी गोल फर्काएको थियो । त्यसपछि पेनाल्टीमा क्रोएसिया पराजित रह्यो । युरोमा क्रोएसियाका समर्थकको सबैभन्दा अविष्मरणीय क्षण यही हो ।

र, यो पनि जान्नुहोस्

युरो अन्तर्गतको खेलमा क्रोएसियाले एकपल्ट मात्र पछाडि परेको स्थितिबाट पुनरागमन गरेको छ । युरो २०१६ को समूह चरणमा स्पेनका अल्भारो मोराटाले गोल गरी अग्रता दिलाउँदा त्यसपछि निकोला कालिनिच र इभान पेरिसिचले गोल गरेर क्रोएसियाले खेल जितेको थियो ।

लुका मोड्रिचले आफ्नो युरो डेब्यूको चार मिनेटमै गोल गरेका थिए । सन् २००८ को समूह चरणमा अस्ट्रियाविरुद्ध पेनाल्टीमा गोल गरेका उनले अर्को गोल गर्न आठ वर्ष लाग्यो । सन् २०१६ को पहिलो खेलमा उनले टर्कीविरुद्ध गोल गरेका हुन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey