पाेचेटिनाे टाेटनहम फर्कन लालायित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१३
  • |
  • 317 पटक हेरिएको

पेरीस सेन्ट जर्मेनका प्रशिक्षक मोउरिसियो पोचेटिनो फेरी टोटनहममा फर्किन लालायित रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन । सन् २०१९ मा टोटनहमले बर्खास्त गरेका माउरिसिया फेरी सोहि क्लवमा फर्किन आतुर रहेको बताइएको छ ।

यसअघि बर्खास्त हुँदा पाँच बर्षको सम्झौता नपुग्दै हटाइएका पोचेटिनोले टिमलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका थिए । बर्खास्तीपनि करिव दुई बर्ष काम बिहिन बनेका उनी गत जनवरीमा पीएसजीको प्रशिक्षकमा नियुक्त भएका थिए । पीएसजीले हाल चेल्सीका प्रशिक्षक थोमस टुसेललाई बर्खास्त गरेर उनलाई नयाँ प्रशिक्षक चयन गरेको थियो ।

उनको प्रशिक्षणमा पीएसजीले कोपा डी फ्रान्सको उपाधि जितेपछि लिग वन को उपाधि भने रक्षा गर्न सकेन । यस्तै च्याम्पियन्स लिगमा पनि नकआउट चरणबाट नै बाहिरीयो ।

उनी अहिले पीएसजीको काम गर्ने आन्तरीक सिस्टम चित्त नबुझेको भन्दै फेरी टोटनहम फर्किने चाहना राखेका छन । पीएसजीको टिमलाई सम्हाल्न नै कठिन महसुस गरिरहेका पोचेटिनोले टुसेललाई पनि यहि समस्या भएको बताएका छन ।

पोचेटिनोले टोटनहमका मालिक डेनीयल लेभीसँग फेरी प्रशिक्षकका फर्किने कुरामा कुरापनि गरेको बताइएको छ । यता टोटनहमले जोजे मोउरिन्होलाई बर्खास्त गरेपछि प्रशिक्षक विहिन छ । उसले पनि नयाँ प्रशिक्षकको खोजी गरिरहेको छ ।

टोटनहमले अर्को सिजनमा युरोपा कन्फ्रेन्स लिग खेल्नेछ । लेभीले पनि पोचेटिनोलाई बर्खास्त गरेको केहि समयपछि जीन्दगीको ठूलो गल्ति भएको बताएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey