युभेन्टसले पिर्लाेलाई बर्खास्त गरेर एलिग्री भित्र्याउदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१३
  • |
  • 383 पटक हेरिएको

स्पेनीस क्लव रियल मड्रिडको प्रशिक्षक हुने चर्चा चलिरहेका बेला इटालीयन क्लव युभेन्टसले मासिमिलानो एलिग्रलाई फेरी मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको भएको छ । युभेन्टसले हालका प्रशिक्षक आन्द्रे पिर्लोलाई बर्खास्त गरेर एलिग्रीलाई फेरी क्लवमा ल्याउने भएको छ । पिर्लोलाई क्लवले आज नै बर्खास्त गर्ने बताइएको छ ।

युभेन्टसमा सन् २०१४ देखि २०१९ सम्म हुँदा पाँच वटा सिरी ए लिगको उपाधि जितेका एलिग्रीलाई नयाँ जिम्मा दिने तयारी गरेको छ । यता जिनेदिन जिदानले क्लवबाट राजिनामा दिएपछि उनको स्थानमा रियलले पनि एलिग्रीलाई नै ल्याउने योजना बनाएर उनीसँग कुरा पनि गरेको थियो ।

युभेन्टसले इन्टर मिलानबाट राजिनामा दिएका एन्टोनीयो कोन्टेलाई पनि सूचीमा राखेको थियो । तर आफ्ना पूर्व प्रशिक्षकलाई फेरी जिम्मेवारी दिने निर्णयमा पुगेको बताइएको छ ।

दुई पक्षको मौखिक सम्झौता भइसकेको र अबको २४ घण्टामा सम्झौता पत्रमा हस्ताक्षर हुने डेलि मेलले बताएको छ । युभेन्टसका पूर्व खेलाडी आन्द्रे पिर्लोलाई गत समरमा सिनियर टिमको जिम्मा दिइएको थियो । तर यो सिजनमा युभेन्टसले घरेलु लिगका साथै च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरीएको थियो । अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउन पनि उसलाई निकै धौ धौ परेको थियो ।

एलिग्रीलाई युभेन्टसले तीन बर्षको सम्झौता पक्का र चौथो बर्ष बढाउने गरेर प्रस्ताव गरेको बताइएको छ । जसमा उनको तलव बर्षको सात मिलियन देखि ७.७ मिलियन हुने बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey