एनएसएल उपाधि विजेता खेलाडी स्टेफेनकाे खुट्टाकाे औंलाको शल्यक्रिया

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१३
  • |
  • 562 पटक हेरिएको

नेपाल सुपर लिगमा काठमाडौं रेजर्सबाट खेलेका विदेशी खेलाडी स्टेफेन समिरको खुट्टाको औंलाको शल्यक्रिया गरिएको छ । एनएसएलको फाइनलमा धनगढी एफसीविरुद्ध खुट्टाको औंलामा चोट बोकेका उनको काठमाडौंको ह्याम्स अस्पतालमा शल्यक्रिया गरिएको छ ।

उनको चोट त्यति गहिरो नभएपनि रिश्क नलिनका लागि शल्यक्रिया गरिएको हो । काठमाडौं रेजर्सलाई उपाधि दिलाउन महत्वपुर्ण भूमीका खेले समिर पुर्ण रुपमा ठिक हुनका लागि तीन साताको समय लाग्ने बताइएको छ ।

स्टेफेन नेपालमा ए डिभिजन लिग भएको खण्डमा सो लिग खेल्ने संभावना रहेको छ । नेपालमा कोरोनाका कारण लकाउन हुँदा स्टेफेन र मेसौके अहिले नैकापस्थित एक अपार्टमेन्टमा बसिरहेका छन ।

स्टेफेन बिनोङ समिरले काठमाडौंका लागि तीन गोल गरेका थिए । विराटनगरविरुद्धको नौ गोल थ्रीलर खेलमा उनलेपनि एक गोल गरेका थिए ।

आक्रामक मिडफिल्डर समिर र मेसौकेको कम्बिनेसका कारण काठमाडौंले फाइनलमा धनगढीलाई एक शुन्यले हराउँदै उपाधि जितेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey