‘नतिजा नेपालको पक्षमा नआएमा जिम्मा म लिन्छु, खेलाडीलाई दाेष नदिनुहाेला’- प्रशिक्षक अब्दुल्लाह

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१३
  • |
  • 787 पटक हेरिएको

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली फुटबल समर्थकलाई विशेष अपिल गरेका छन । आफ्नो सोसियल मिडियामा लेख्दै अब्दुल्लाहले नेपाली टिमको राम्रो नतिजाका लागि केहि धैर्य गर्नका लागि आग्रह गरेका छन । नेपाली फुटबल टिमलाई पहिलो पटक प्रशिक्षण दिइरहेका प्रो लाइसेन्स प्रशिक्षक अब्दुल्लाहले सबै समर्थकलाई संयमित भएर नेपाली टिमलाई साथ र सपोर्ट दिनका लागि अनुरोध गरेका छन ।

उनले नेपाली फुटबलमा नयाँ मानसिकता, नयाँ सिस्टम र नयाँ तरिका अपनाउन खोजिराखिएको र यसका लागि सुरुवातमा केहि कठिन हुन बताएका छन । सुरुवातमा नै नराम्रो नतिजा आएको खण्डमा खेलाडीलाई दबाव नदिनका लागि पनि अनुरोध गरेका छन ।

उनले अहिलेको टिम तत्काल नतिजा निकाल्ने भन्दापछि भविष्यको टिम रहेको र भविष्यमा राम्रो गर्नका लागि अहिले नयाँ सुरुवात गरेको बताएका छन । यसका साथै अब्दुल्लाहले यदि नतिजा नेपाली टिमको पक्षमा नआएको खण्डमा पनि खेलाडीलाई दोश नदिन अनुरोध गरेका छन । यसको सबै दोश आफुलाई दिन आग्रह गरेका छन ।

प्रशिक्षक अब्दुल्लाहले यो पटक नेपाली टिममा ६ जना नयाँ अनुहार राख्दा छनौटमा आलोचना खेपेका कारणपनि उनले सञ्चारमाध्यममा प्रष्ट रुपमा तीन महिनामा नेपाली टिम परिवर्तन गरेर देखाउने बताएका थिए ।

नेपालले शनिबार इराकसँग मैत्रीपुर्ण खेल खेल्दैछ भने त्यसपछि जुन तीनमा फिफा विश्वकप छनौट अन्तर्गत चाइनीज ताइपेइ, जुन सातमा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal