नेपाल र इराककाे खेल रातीकाे समयमा हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१३
  • |
  • 910 पटक हेरिएको

नेपालले इराकसँगको मैत्रीपुर्ण खेलको समय तोकिएको छ । शनिबार हुने खेल नेपाली समय अनुसार राति सवा १० बजेबाट सुरु हुने भएको छ ।

नेपालले करिव २० बर्षपछि इराकसँग खेल्न लागेको हो । बस्रा रंगशालामा हुने खेलकालागि नेपाल टिम बुधबार इराक पुगिसकेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा पहिलो पटक विदेश भ्रमणमा गएको नेपाली टिममा ६ जना नयाँ अनुहार रहेका छन ।

यता इराकले ताजिकिस्तानसँग नेपालले खेल्न लागेको मैदानमा नै बराबरी खेलेको थियो । त्यो खेलमा टिममा रहेका ६ जना खेलाडीलाई इराकले परिवर्तन गरेको छ । नेपाल भन्दा बरियतामा पनि निकै माथि रहेको इराकी फुटबल घरेलु द्धन्द्धका लागि केहि समय अन्योलमा परेको थियो । तर उसले फुटबल टिमलाई यूएई, कतार, कुवेतमा घरेलु मैदान बनाएर खेलेको थियो ।

नेपालले इराकसँग अन्तिम पटक सन् २००१ मा खेलेको थियो । सो खेलमा नेपाल चार दुईले पराजित भएको थियो । विश्वकप छनौटको तयारीका रुपमा रहेको यो मैत्रीपुर्ण खेलले खेलाडीलाई कुवेतको गर्मीको आभाष गराउने छ भने सो गर्मी खेल्नसक्ने पनि बनाउने छ ।

रातीको समयमा खेल हुने भएकाले सोचेको जस्तो गर्मी नहोला भन्ने अपेक्षा गरिएको छ । यो खेल खेलेको अर्को दिन नेपाली टिम कुवेत जानेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal