मेन्डी र कान्टे फिट हुँदा चेल्सीलाई राहत

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१३
  • |
  • 625 पटक हेरिएको

च्याम्पियन्स लिगको फाइनल अगाडी चेल्सीलाई केहि राहत भएको छ । प्रिमियर लिगको अन्तिम खेल र एफ ए कपको फाइनलमा लगातार हार ब्यहोरेको चेल्सीले शनिबार च्याम्पियन्स लिगको उपाधिका लागि म्यानचेस्टर सिटीसँग खेल्दैछ ।

यस्तैमा चेल्सीका दुई मुख्य खेलाडी इडुवार्ड मेन्डी र नोगोलो कान्टे प्रशिक्षणमा फर्किएका छन । गोलकिपर मेन्डी च्याम्पियन्स लिगको फाइनलसम्म फिट हुने नहुने भन्नेमा शंका थियो । तर उनी बुधबारबाट प्रशिक्षणमा फर्किएका छन । अब उनी खेल्नका लागि तयार रहेको बताइएको छ ।

यस्तै कान्टेपनि मांशपेशीको चोटका कारण प्रिमियर लिगको अन्तिम खेल गुमाएका थिए । तर उनीपछि फिट भएको बताइएको छ । चेल्सीका प्रशिक्षक थोमस टुसेलले दुबै खेलाडी फिट हुँदा टिमलाई राहत महसुस भएको बताएका छन ।

क्लवका इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा रहेको सिटीले पोर्चुगलको पोर्टोमा चेल्सीसँग खेल्दैछ । फाइनलमा सिमित दर्शकलाई मैदानमा प्रवेश गराइने भएको छ । फाइनल शनिबार हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey