नेपालले मकाउको राष्ट्रिय टिमलाई सोझो सेटमा हरायो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१७
  • |
  • 308 पटक हेरिएको

माघ १७, मकाउ । नेपाली राष्ट्रिय भलिबल टिमले मकाउको राष्ट्रिय टिमविरुद्ध सहज जित हात पारेको छ ।

हङकङको राष्ट्रिय टिमसंग दुई मैत्रीपूर्ण खेलपछि मकाउ पुगेको नेपाली टिमले त्यहाँको राष्ट्रिय टिमसँग पनि ३-० को  सेटमा सहज जित निकाल्यो ।

पहिलो पटक मकाउको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेलेको नेपालले पहिलो सेट २१–१३ ले जित्दा दोस्रो सेट २१–१७ ले आफनो पक्षमा पार्यो ।

तेस्रो सेटमा पनि मकाउ विरुद्ध हावी हुँदै नेपालले बाजी मार्न सफल भयो । तेस्राे सेट नेपालले २५-१६ ले अाफ्नाे पक्षमा परेकाे हाे । करीव एक साताको बैदेशिक भ्रमणका लागि हङकङ र मकाउ रहेको नेपाली टिम भोली राति स्वदेश फर्किनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey