इंग्ल्याण्ड र न्युजिल्याण्डकाे टेष्टमा १८ हजार दर्शक राखिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१३
  • |
  • 552 पटक हेरिएको

इंग्ल्याण्ड क्रिकेट बोर्डले न्युजिल्याण्डविरुद्धको टेष्ट खेलका बेला मैदानमा १८ हजार समर्थकलाई प्रवेश गराउने भएको छ । बेलायत सरकारको नियममा रहेको बोर्डले एज्बास्टोनमा हुने टेष्ट खेलका बेला हरेक दिन १८ हजार समथर्कलाई मैदानमा प्रवेश गराउने भएको हो ।

जुन १० तारिखबाट सुरु हुने टेष्ट सिजिजमा रंगशालाको क्षमताको २५ प्रतिशत दर्शकलाई मैदानमा प्रवेश गराइने भएको छ । कोरोना भाइरसको महामारी बेलायतमा विस्तारै कम हुँदै गएपछि सरकारले नै रंगशाला प्रवेशका लागि नियम खुकुलो बनाएको छ । जसका कारण इंग्ल्याण्ड र न्युजिल्याण्डसँगको खेलका बेला दर्शकलाई प्रवेश गराइने भएको हो ।

बुधबार मात्र वार्कविक्सायरले रंगशालामा ७० प्रतिशत दर्शकलाई प्रवेश गराउने बताएको छ । रंगशाला प्रवेश गर्दा समर्थकलाई एउटा फारम भराइने छ भने कोरोना टेष्टपनि गरिनेछ । यस्तै मैदानमा वरपर जाँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।

टेष्टको सुरुवाती तीन दिनको खेलको लागि टिकट विक्रि भइसकेका छन भने चौथो दिनको खेलका लागि १० हजार टिकट विक्रि भइसकेको बताइएको छ ।

सो रंगशालामा दर्शक प्रवेश गराउनका लागि आयोजनकले यसअघि भएको खेल गतिविधीपनि सजिलो भएको छ । एफ ए कपको फाइनलमा २० हजार दर्शक मैदान प्रवेश गराइएको थियो । यस्तै विश्व स्नुकर च्याम्पियनसिपमा करिव एक हजार दर्शकलाई राखिएको थियो । यस्तै विभिन्न सांस्कृतीक कार्यक्रममा पनि दशर्कलाई राखिएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey