युराेपा लिगमा भिल्लारियल र इम्रेकाे नयाँ इतिहास, ‘थ्रिलिर’ बनेकाे फाइनलमा २१ वटा पेनाल्टी प्रहार

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१३
  • |
  • 485 पटक हेरिएको

९८ बर्षको क्लवको इतिहासमा पहिलो पटक स्पेनीस क्लव भिल्लारियलले युरोपा लिगको उपाधि जितेको छ । प्रिमियर लिग क्लव म्यानचेस्टर युनाइटेडलाई निकै रोमाञ्चक खेलमा पेनाल्टी सुटआउटमा ११–१० ले पराजित गर्दै भिल्ला रियलले पहिलो युरोपा लिग जित्न सफल भयो । यतिमात्र होइन उसका प्रशिक्षक उनेई इम्रेपनि युरोपा लिग चार पटक जित्ने पहिलो प्रशिक्षक बनेका छन् ।

पोल्याण्डमा भएको खेलको निर्धारीत ९० मिनेट र थपिएको ३० मिनेटमा दुबै टिमबाट एक एक गाेलकाे बराबरी भएको थियो । खेलको २९ औं मिनेटमा भिल्ला रियलले खेलमा अग्रता बनायो । उसका लागि जेरार्ड मोरेनोले गोल गरे ।

पहिलो हाफमा एक गोलले अगाडी रहेको भिल्ला रियलविरुद्ध युनाइटेडले ५५ औं मिनेटमा खेल बराबरी गर्यो । उसका लागि इडिन्सन काभानीले गोल गर्न सफल भए ।

त्यसपछि निर्धारित ९० मिनेटमा दुबै तर्फबाट थप गोल हुन सकेन र खेल अतिरीक्त समयमा धकेलिएको थियो । तर सो समयमा पनि थप गोल नभएपछि खेल टाइब्रेकरमा गएकाे थियाे ।

सिमित दर्शकसहित भएको फाइनलको पेनाल्टी सुटआउट निकै एपिक भयो । खेलको विजेताको टुंगाे लाग्न २१ वटा पेनाल्टी प्रहार भए । जसमा युनाइटेडले १० वटा प्रहार गर्दा भिल्ला रियलले ११ वटा प्रहार गर्यो ।

तर युनाइटेडका गोलरक्षक डेविड डी हेयाले सडेन डेथमा प्रहार गरेको पेनाल्टी भिल्ला रियलका गोलकिपर रुल्लीले बचाएका थिए । तर त्यसपछि रुल्लीले गोल गर्दै टिमलाई च्याम्पियन्स लिगको च्याम्पियन बनाए ।

युनाइटेडले चार बर्षको देखिएको उपाधिको खडेरी फेरी पनि तोड्न सकेन । यसका साथै प्रशिक्षक ओले गुनर अझैपनि युनाइटेडबाट प्रशिक्षकका रुपमा उपाधि जित्ने खोजिमा नै हुनेछन् । उनी पहिलो पटक प्रशिक्षकका रुपमा कुनैपनि प्रतियोगिताको फाइनलमा पुग्दा त्यसमा पनि हार ब्यहोेरेका छन् ।

यता भिल्ला रियलका प्रशिक्षक इम्रेका लागि भने नयाँ इतिहास बनाउने मौका मिल्यो । उनी युरोपा लिग चार पटक जित्ने पहिलो प्रशिक्षक बनेका छन् । उनले सन् २०१४, २०१५ र २०१६ मा सेभियाबाट यो प्रतियोगिताको उपाधि जितेका थिए । सन् २०१९ मा आर्सनललाई पनि फाइनलमा पुर्याउँदा पराजित भएका उनी यसपटक भने नयाँ क्लवलाई च्याम्पियन बनाएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey