Mega Bank

इंग्ल्याण्डका खेलाडी बेन तीन साता मैदान बाहिर

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-१२
  • |
  • 116 पटक हेरिएको

इंग्ल्याण्ड क्रिकेट खेलाडी बेन फोकेस तीन महिनाका लागि मैदान बाहिर भएका छन । न्यूजिल्याण्डविरुद्दको टेष्ट सिरिजको तयारीमा रहेका बेन ओभल क्रिकेट मैदानको ड्रेसिङ रुममा चिप्लिएर लडेपछि घाइते भएका छन ।

उनलाई मांशपेशीमा चोट लागेको बताइएको छ । विकेटकिपर ब्याट्सम्यान बेन जोस बट्लरको स्थानमा टिममा परेका थिए । उनले पहिलो पटक घरेलु मैदानमा अर्को साता टेष्ट खेल्ने तालिका थियो । तर अन्तिम समयमा उनले चोट बोक्न पुगेका छन ।

इंग्ल्याण्डका खेलाडी ड्रेसिङ रुममा चिप्लिएर लडेर घाइते भएको यो दोस्रो पटक हो । यसअघि ज्याक क्राउलेपनि चेन्नईमा यसरी नै लडेका थिए । त्यो बेला उनले पहिलो टेष्ट खेल्न सकेका थिएनन् ।

काउन्टी खेलका बेला उनले सो चोट बोकेको र उनले न्यूजिल्याण्डसँगको सिरिज गुमाउने भएका छन । उनको स्थानमा जेम्स ब्राकेलाई टिममा राखिएको छ ।

भर्खरै

Advertisement