खेलकुद महासंघको सरकारलाई आग्रह ‘खेलाडीहरुलाई सरकारी निकायमा जागिर देऊ’

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१२
  • |
  • 631 पटक हेरिएको

नेप्लेज । सत्तारुढ दल नेकपा एमाले निकट नेपाल खलकुद महासंघले सरकारलाई आउँदा आर्थिक बर्षको बजेटमा खेल क्षेत्रको बजेट थप गर्ने आग्रह गरेको छ ।

सोमबार महासंघका अध्यक्ष रमेश पौडेल र महासचिव मेघराज पौडेलले अर्थमन्त्री विष्णु पौडेललाई भेटि २१ बुँदे ज्ञापन पत्र बुझाउँदै बजेट लगाएका कुराहरु समेट्न माग गरेको हो ।

महासंघले राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकर्मीको हक हितमा ध्यान दिँदै खेलक्षेत्र, खेल प्राविधिक एवं खेलाडीहरुको सर्वाङगीण विकास, जीविकोपार्जन र दिगो खेलकुदमार्फत देशको आर्थिक सामाजिक रुपान्तरणका लागि पनि कम्तिमा एक प्रतिशत बजेट विनियोजन गर्न माग गरेको हो । गत बर्ष १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक गर्दा खेलकुदमा जम्मा २ अर्ब ६६ करोड विनियोजन भएको थियो ।

महासंघले एसियन, ओलम्पिक प्रतियोगिताका पदक विजेता खेलाडीहरुलाई सहज जीवन यापनका लागि स्थायी रोजगारी (निगम, संस्थान, सरकारी लि.वाअन्य सरकारी निकायमा) को व्यवस्था गर्न पनि माग गरेको छ ।
यस्तै, साफ खेलका पदक विजेताहरुलाई प्रदान गरिंदै आएको प्रोत्साहनभत्ताको रकम बढाउने व्यवस्थागर्नुका साथै राज्यका विभिन्न सेवामा रोजगारीको व्यवस्था गर्न पनि माग गरेको छ ।

यसैगरी निजामती, प्रहरी, सेना, संस्थान, निगम आदिमा कर्मचारी व्यवस्थापन तथा पदपूर्ति गर्दा खेलकुद क्षेत्रको लागि समेत छुट्टै कोटाको व्यवस्थागरि प्रतिस्पर्धामा सामेल गराउन माग गरेको छ ।

खेलकुद महासंघले अर्थमन्त्री पौडेललाई बुझाएको ज्ञापन पत्र भने बुधबार मात्रै सार्वजनिक गरेको हो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal