Mega Bank

विराटनगर सिटी एफसीका प्रशिक्षक यान र तीन अफिसियललाई प्रतिबन्ध

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-१२
  • |
  • 390 पटक हेरिएको

नेपाल सुपर लिगले विराटनगर सिटी फुटबल क्लबका मुख्य प्रशिक्षकका रुपमा पहिलाे सस्करणकाे एनएसएलमा काम गरेका भारतीय प्रशिक्षक यान ललाई एक सिजनको लागि प्रतिबन्ध लगाएकाे छ । जसका कारण उनी अर्काे सिजनमा एनएसएलमा देखिने नपाउने भएका छन । यस्तै उनलाई ५० हजार रुपैयाँ जरिवाना लगाएकाे छ ।

ललितपुर सिटी एफसीविरुद्धको खेलमा रेफ्रीप्रति आक्रोशित हुँदै खेल अवरुद्ध पारेको आरोपमा यान ल लाई प्रतिबन्ध र जरिवाना लगाउँदा साे घटनामा क्लवका अफिसियलपनि सम्लग्न भएकाे भन्दै क्लबलाई पनि १ लाख जरिवाना लगाएकाे छ भने तीन अफिसियललाई पनि प्रतिबन्धमा राखेकाे छ ।

एनएसएलको अनुशासन समितिको साे निर्णयमा भने बिराटनगर सिटी एफसीले आपत्ति जनाएकाे छ । अनुशासन समितिले तयार पारेकाे रिपाेर्टमा यान ल लाई एक सिजन कुनैपनि टिममा अनुबन्ध हुन नपाउने र ५० हजार जरिवाना लगाइने भनिएकाे छ । साथै ल काे ब्यवहार अभद्र रहेकाे र टच लाइन पार गरेर रेफ्रीलाई गाली गरेकाे पनि ठहर गरेकाे छ ।

ललितपुर सिटीसँगको खेलमा प्रशिक्षक यानले खेलाडीहरुलाई मैदान छाड्न लगाएका थिए । उक्त खेलमा विराटनगर चार सून्य गोल अन्तरले पराजित भएको थियो । या

यसैगरी विराटनगरका निर्देशक सोनाम घले र सहायक प्रशिक्षक निशान श्रेष्ठ सहित सहायक व्यवस्थापक मिलन गुरुङलाई भने तीन तीन खेलको प्रतिबन्ध लगाइएको छ ।

विराटनगरका प्रशिक्षक यान भने अहिले भारत फर्कि सकेका छन् । उनले हालै नेपाल सुपर लिगबाट पाउने पारिश्रमिक नेपाल र भारतमा कोरोनाविरुद्धको अभियानमा खर्च गर्ने घोषणा पनि गरेका थिए ।

भर्खरै

Advertisement