युईएफएद्वारा, रियल, बार्सिलोना र युभेन्टसलाई कारबाही शुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१२
  • |
  • 434 पटक हेरिएको

सुपर लिगबाट अझैपनि पछि नहटेका तीन ठुला क्लब बार्सीलोना, रियाल मड्रिड र युभन्टस माथि युरोपियन फुटवल महासंघले कारबाही प्रकृया सुरु गर्ने भएको छ ।

केही साता अघि युरोपका १२ क्लब संस्थापक रहने गरी सुपर लिगको घोषणा भएको थियो । तर सवत्र विरोध र आलोचना भएपछि सुपर लिग घोषणा भएको ४८ घन्टा पनि नवित्दै कोल्याप्स भएको थियो ।

युएफको नियम अनुसार कुनैपनि क्लबले उस्तै प्रकृतिको लिग खेल्न नपाउने नियम छ । बांकी नौ क्लबले, समर्थकको विरोध प्रदर्शन, फिफा , युएफाको चेतावनी पछि नाम फिर्ता लिएका थिए । सुपर लिग बाट नाम फिर्ता लिनेमा आर्सनल, चेल्सि, लिरभपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, टोटेनहम, एसी मिलान, इन्टर मिलान र एट्लेटिको मड्रिड हुन् ।

तर बार्सा, युभेन्टस र रियाल भने अझै सुपर लिगलाइ बैधानिकता दिन लागिपरेका छन । युएफाको अनुशासन समितीले छानविन गरेर कारकाहीका लागि सिफारिस गर्नेछ । कस्तो किसिमको कारबाही हुनेछ भन्ने बारे केही समय पछि बताइनेछ । पछि हटेका नौ क्लबलाइ पनि युएफाले आर्थिक जरिवाना गरेको थियो ।

यदि सुपर लिग बाट नाम फिर्ता नलिए युएफाले अर्को सिजनको च्याम्पियन्स लिग खेल्न नदिने सम्मको चेतावनी दिएको थियो । यस्तै इटालियन फुटवल संघले शीर्ष डिभिजनको लिग सिरी या बाट घटुवा गरिदिने भन्दै युभेन्टसलाइ ससपर लिग छोड्न भनेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey