श्रीलंकाविरुद्धको एक दिवसीय सिरिज बंगलादेशको पोल्टामा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-११
  • |
  • 585 पटक हेरिएको

श्रीलंकाविरुद्धको एक दिवसीय सिरिज बंगलादेशले जितेको छ । तीन खेलको सिरिज बंगलादेशले एक खेल अगावै आफ्नो पक्षमा पारेको हो ।

घरेलु टोली बंगलादेशले दिएको २४७ रनको लक्ष्य पछ्याएको बंगालदेशले नयाँ लक्ष्य अनुसार ४० ओभरमा ९ विकेट गुमाएर १४१ रन मात्रै बनाउ सक्यो ।

पहिलो खेलमा ३३ रनको जित निकालेको बंगलादेश दोस्रो खेलमा भने १०३ रनको जित निकाल्दै सिरिजमा २–० को अग्रता पनि लियो । अब अन्तिम एक दिवसीय पनि जितेमा बंगलादेशले एक दिवसीय सिरिज क्लिनस्वीप गर्ने छ ।

३९ ओभरमा १२७ रन भएका बेला पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि श्रीलंकाले ४० ओभरमा २४५ रनको लक्ष्य पाएको थियो । त्यतिबेला श्रीलंकाले ३९ ओभर खेलि सकेकाले अन्तिम एक ओभरमा ११७ रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो । अन्तिम ओभरमा १३ रन बनाए पछि श्रीलंका १०३ रनले पराजित हुन पुग्यो ।

May be an image of one or more people, people standing, people playing sports and text

शुरुमा २४७ रनको लक्ष्य पछ्याउँदा श्रीलंकाको सुरुवात भने राम्रो रहन सकेन । उसका लागि ओपनर धनुष्का गुनथिलकाले सर्वाधिक २४ रन जोड्दा पाथुम निस्कानाले २० रनको योगदान गरे । यसैगरी कुशल मेन्डिस र असेन बान्ड्रालले १५–१५ रन जोडेका थिए । कप्तान कुशल परेरा भने १४ रनमा पभेलियन फर्किए ।

बंगलादेशका मेहदी हसन र मुस्फिजुर रहेमानले समान तीन तीन विकेट लिँदा साकिल अल हसनको नाममा २ विकेट रह्यो ।
ढाकामा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ४८ ओभर एक बलमा दुई सय ४६ रनमा अलआउट भयो । उसका लागि मुस्फिकुर रहिमले शतकीय पारी खेले ।

राम्रो सुरुवात गर्न नसकेको बंगलादेशले १५ रन बनाउँदा दुई विकेट गुमाएको थियो भने ४९ रनमा तेस्रो विकेट खेर फालेको थियो । उसका ओपनर तमिम इक्बाल १३ रनमा आउट भए भने सकिब अल हसनले खाता खोल्न सकेनन् । यस्तै लिटोन दाशपनि ब्यक्तिगत २५ रनमा आउट भए ।

May be an image of 1 person and text

बंगलादेशको स्कोर ७४ रन हुँदा चार विकेट झरेको थियो । तर मुस्किफुर को शतकका कारण उले चुनौती पुर्ण लक्ष्य दिन सफल भयो । बंगलादेशका मोसादेक होसेनले १०, महमुदुल्लाहले ४१ रन बनाए भने अफिफ हुसेनले १० रन बनाए । बंगलादेशका लागि रहिमले एक सय २५ रनको पारी खेले ।

बलिङका श्रीलंकाका लक्षन सान्दाकनले तथा दुश्मन्थ चामिराले तीन तीन विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey