करिब एक करोड रूपैयाँकाे चार्टड फ्लाइटमा नेपाली टिम मैत्रीपूर्ण र विश्वकप छनाेटका लागि प्रस्थान

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-११
  • |
  • 696 पटक हेरिएको

नेपालमा कोरोनाको महामारी जारी रहेपनि यहि विचमा नेपाली फुटबल टिम इराकसँगको मैत्रीपुर्ण खेल र फिफा विश्वकप छनौटकालागि इराक प्रस्थान गरेको छ । २३ खेलाडी र १२ अफिसियल गरेर ३५ जनाको टिम आज कतार एयरवेजको चार्टड विमानबाट इराक प्रस्थान गरेका छन । टिममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश कुमार सिलवालपनि एक अफिसियलका रुपमा गएका छन ।

अखिल नेपाल फुटबल संघ निकै प्रयासपछि अमेरीकी दुतावासले गरेको चार्टड फ्लाइटमा नेपाली टिमलाई जाने मौका मिलेको हो । तर यसका लागि पनि अन्तिम समयसम्म टिकट मिलाउनका लागि एन्फालाई धौधौ परेको थियो । टिम जाने दुई अगाडीमात्र टिकटको फाइनल भएको बुझिएको छ । एन्फा अध्यक्षले कतार एयरवेजसँग सोझै कुरा गरेर नेपाली टिमलाई २५ ताखिरमा नै इराक जाने ब्यवस्था मिलाएको बुझिएको छ । नभए टिमका दुई जनालाई २७ तारिखको फ्लाइटमा जानका लागि दुतावासले आग्रह गरेको थियो ।

यो फ्लाइटका लागि फिफाले खर्च ब्यहोरेको छ । जसका लागि एन्फाले तीन वटा कोटेसन फिफालाई पठाएको थियो । त्यसमा कतार एयरवेजको कोटेसन उचित लागेकाले त्यसलाई फाइनल गरेको हो । यो पटक फ्लाइट चार्टडमा खेलाडीलाई पठाउँदा एन्फालाई निकै सस्तो परेको बताइएको छ । अमेरीकी दुतावासले गरेको चार्टड फ्लाइटमा समावेश हुँदापनि सस्तो पर्न गएको हो ।

नेपाली फुटबल टिम मंगलबार जाँदा र जुन १२ मा स्वदेश फर्किदा गरेर कुल ९० हजार अमेरीकी डलर लागेको छ । जुन अहिलेको रेट अनुसार एक करोडको हाराहारी हो । यसमा नेपाली टिम फर्किदा दोहाबाट अरुपनि प्यासेन्जर राख्न पाउने सर्त छ । यदि अमेरीकी दुतावासको चार्टड नभएर एन्फाले नै गर्नुपरेको भए दुई करोड भन्दा माथि लाग्ने एन्फाका एक पदाधिकारीले बताए । त्यसैले पनि यस्तो अवस्थामा खेलाडी पठाउँदापनि सोचेको भन्दा सस्तो परेको बताए ।

फिफाले नेपाली टिमको फ्लाइटका रकम सोझै तिरेको छ । इराकसँग नेपालले करिव १० बर्षपछि खेल्न लागेको हो । सन् २००१ मा भउको विश्वकप छनौटमा इराकले नेपाललाई चार दुई गोलले हराएको थियो । बासरा रंगशालामा हुने खेल जेठ १५ गते हुनेछ ।

त्यसपछि नेपाली टिम जेठ १६ गते सडकको बाटो हुँदै फिफा विश्वकप छनौटका लागि कुवेत जानेछ । त्यहाँ नेपालले चाइनीज ताइपेईसँग जुन तीनमा खेल्नेछ भने जुन सातमा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली फुटबल टिम

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

अफिसियल

प्रशिक्षकः अब्दुल्लाह अल्मुताइरी

सहायक प्रशिक्षकः किरण श्रेष्ठ

गोलकिपर प्रशिक्षकः विकाश मल्ल

म्यानेजरः मधुसुदन उपाध्याय

फिजियोः आविश्कार पुडासैनी

थप अफिसियलमा

रमेशकुमार सिलवाल, शिक्षित पराजुली, शिरिश राजभण्डारी, विकाश गुरुङ, सैलेन्द्र अधिकारी, हिमविक्रम केसी, कृष्णभक्त मानन्धर

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal