नेपाली मुलकी अस्मिता एस्टाेन भिल्लाकाे सिजनकाे उत्कृष्ट महिला खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-११
  • |
  • 800 पटक हेरिएको

नेपाली मुलकी अस्मिता आले २०२० र २१ को सिजनको उत्कृष्ट खेलाडी भएकी छिन ।

भोटिङका आधारमा भएको सो अवार्ड जितेकी हुन । एफएको महिला सुपर लिगको उपाधि जितेको एस्टोन भिल्लाले पाँच जना खेलाडीलाई सिजनको उत्कृष्ट खेलाडीको मनोनयनमा राखेको थियो ।

जसमा अस्मिता आले, एलिशा डो, अनिता असान्ते, जोडी हुटोन र लिजा वि थिइन । जसमा सपोर्टसको भोटका आधारमा अस्मिता सिजनको उत्कृष्ट खेलाडी बन्न सफल भइन ।

बेलायतमा जन्मिएकी अस्मिताले दुई बर्ष अगाडी एस्टोन भिल्लाको महिला टिमसँग सम्झौता गरेकी थिइन । उनी प्रिमियर लिग खेल्ने पहिलो नेपाली मुलकी खेलाडीपनि हुन ।

पुर्खौली घर तनहुँ भएपनि उनको जन्म र हुर्काई बेलायतमा नै भएको थियो । २० बर्षे अस्मिता आठ बर्षको उमेरदेखि एस्टोन भिल्लाको एकेडेमीमा आबद्ध भएकी थिइन । डिफेन्डर अस्मिताले इंग्ल्याण्डका यू १९ टिमबाट पनि खेलिसकेकी छिन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal