युराे कपकाे लागि इंग्ल्याण्ड टिमकाे प्रारम्भिक टिममा ४ नयाँ अनुहार

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-११
  • |
  • 523 पटक हेरिएको

आसन्न युरो कपका लागि इंग्ल्याण्ड टिमको प्रारम्भिक टिमको घोषणा भएको छ । इंग्ल्याण्डका प्रशिक्षक गारेथ साउथगेटले ३३ खेलाडीको प्रारम्भिक टिम तयार पारेका छन । टिममा चार जना नयाँ खेलाडीले स्थान बनाएका छन ।

युरो कपका लागि घोषणा भएको टिममा पहिलो पटक बेन ह्वाइट, बेन गोडफ्रे, साम जोनस्टोन, आरोन राम्सडलले पहिलो पटक टिममा स्थान बनाएका छन । प्रशिक्षक साउथगेटले जुन एक तारिखमा यो टिमबाट २६ खेलाडीको अन्तिम नामावली सार्वजनिक गर्नेछन ।

टिममा चोटका कारण गोलकिपर निको पोपीलाई टिम बाहिर राखिएको छ भने लिड्सका प्याट्रिक बामफोर्डपनि परेका छैनन् । लिभरपुलका खेलाडी ट्रेन्ट आर्नोल्डलाई पनि टिम बाहिर राखिएको छ ।

यस्तै एट्लेटिको मड्रिडका केइरन ट्रिपेर, म्यानचेस्टर सिटीका केली वाल्केर र चेल्सीका रिची जेम्स टिममा रहेपनि उनीहरुमध्ये एकले युरोकप गुमाउने संभावना रहेको छ ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal