च्याम्पियन्स लिगकाे फाइनलमा १६ हजार ५ सय समर्थकले प्रवेश पाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-११
  • |
  • 311 पटक हेरिएको

युरोपियन च्याम्पियन्स लिगको फाइनलमा १६ हजार पाँच सय समर्थकलाई मैदानमा प्रवेश गराइने भएको छ । पोर्चुगिज क्लव पोर्टोको घरेलु मैदानमा हुने फाइनलमा दुई प्रिमियर क्लव चेल्सी र म्यानचेस्टर सिटी भिड्दैछन ।

शनिबार हुने खेलका लागि पोर्चुगल अथोरिटीले रंगशालाको कुल क्षमताको ३३ प्रतिशत दर्शकलाई मैदानमा प्रवेश गराउने भएको हो । सो रंगशालाको क्षमता ५० हजार रहेको छ । यसका साथै १७ सय थप टिकटपनि विक्रि गरिने भएको छ । सो टिकट सर्वसाधारणका लागि मे २५ सम्म विक्रिमा राखिनेछ ।

फाइनलमा पुग्ने चेल्सी र सिटीले ६–६ हजार टिकट पाएका छन । पोर्चुगल सरकारले बेलायतबाट आउने समर्थकलाई कोरोनाको नेगेटिभ रिपोर्ट बोकेर आउने भनेको छ ।

यसअघि यो फाइनल स्तानबुलमा हुने भनिएको थियो । तर बेलायत सरकारले टर्कीलाई रेड लिष्टमा राखेपछि पोर्चुगलमा सारिएको हो ।

बेलायतबाट जाने समर्थकलाई चार्टड फ्लाइटमा लगेर कोभिड बबलमा राखिने र त्यहाँ पुगेको २४ घण्टामा नै पोर्चुगल छोड्नुपर्नेछ ।

प्रिमियर लिगको विजेता सिटी क्लवको इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनल जित्ने लक्ष्यमा छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey