Mega Bank

पाकिस्तानी क्रिकेटर अनवर अलीलाई कोरोना संक्रमण

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-११
  • |
  • 412 पटक हेरिएको

पाकिस्तान सुपर लिग खेल्ने तयारीमा रहेका क्रिकेटर अनवर अलीलाई कोरोना पोजेटिभ भएको छ । आबुधावीमा हुने पीएसएलको बाँकी खेलका लागि उनी आइसोलेसनमा कराँचीमा रहेका बेला रिपोर्ट परिक्षण गर्दा पोजेटिभ आएको छ ।

क्वेटा ग्लाडियटर्सबाट खेल्ने तयारीमा रहेका उनको पहिलो टेष्ट नेगेटिभ आएपनि दोस्रो पटक गरिएको टेष्ट भने पोजेटिभ आएको छ । जसका कारण उनी आबुधावी जान केहि ढिलो हुने भएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले पीएसएलमा सहभागि टिमलाई लाहोर र कराँचीबाट चार्टड फ्लाइटबाट आबुधावी लिदैछ । सहभागि टिमलाई दुई वटा चार्डट फ्लाइटबाट यूएई लिन लागेको हो ।

होटेलमा गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अलीलाई छुट्टै फ्लोरमा सारिएको छ । अब उनी अरु १० दिन आइसोलेसन बस्नुपर्नेछ । उनको दुई पटकको परिक्षण नेगेटिभ आएमा मात्र होटेलबाट बाहिर जान पाउनेछन ।

पीएसएलको बाँकी खेलका लागि प्रतियोगिताका ६ टिम भोली आबुधावी जानेछन ।

भर्खरै

Advertisement