लाइपजिकका डिफेन्डर इब्राहिमा ४० मिलियन पाउण्डमा लिभरपुल आउँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-११
  • |
  • 391 पटक हेरिएको

लाइपजिकका डिफेन्डर इब्राहिमा कोनट ४० मिलियन पाउण्डमा लिभरपुलमा अनुबन्ध हुने भएका छन ।

मंगलबारमात्र २२ बर्ष लागेका डिफेन्डर इब्राहिमालाई लिभरपुलले अर्को सिजन सुरु हुन अगाडी टिममा ल्याउने भएको छ । उनी हाल हल्याण्डविरुद्धको युरोपियन यू २१ च्याम्पियनसिपका क्वाटरफाइनलको खेलका लागि तयारीमा रहेका छन ।

यो सिजनमा लिभरपुलका तीन जना डिफेन्डर भिर्गिल भान डायक, जोय गोमेज र जेइल माटिप घाइते हुँदा केहि कठिन भएको थियो । अर्को सिजनमा त्यसलाई झन बलियो बनाउनका लागि लिभरपुलले युवा डिफेन्डरलाई भित्र्याउन लागेको हो ।

लिभरपुलले उनलाई अघिल्लो गत बर्ष नै अनबन्ध गर्ने चाहना राखेको थियो तर डिसेम्बरमा उनी घाइते भएपछि त्यो योजना तत्कालका लागि थाती राखिएको थियो ।

यो सिजनमा लाइपजिकबाट उनले २१ खेल खेलका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey