सान्चाेलाई क्लव छाेड्न बाटाे खुल्ला गर्याे डर्टमुण्डले

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-११
  • |
  • 749 पटक हेरिएको

बुन्डेसलिगा टिम बोरुसिया डर्टमुण्डले आफ्ना युवा स्ट्राइकर जाडोन सान्चोलाई यो समरमा क्लव छोड्न सक्ने भन्दै अनुमती दिएको छ ।

पछिल्लो पटक म्यानचेस्टर युनाइटेडले अनुबन्ध गर्ने चर्चा चलिरहेका सान्चोलाई डर्टमुण्डले क्लव छोड्न अनुमती दिएपछि प्रिमियर क्लवलाई ठूलो आशा बढेको छ ।

गत सिजनबाट नै युनाइटेडसँग सान्चोको नाम जोडिदै आएको छ । तर मुल्यमा नमिल्दा उनी डर्टमुण्डमा नै रहन परेको हो । तर अहिले डर्टमुण्डले सान्चोलाई आफ्नो क्लवबाट गुडबाई भन्न सक्ने भनेर बाटो खुल्ला गरेको छ ।

डर्टमुण्डले सान्चोलाई खरिद गर्नकालागि एक सय मिलियन पाउण्ड मूल्य राखेको थियो । तर अहिले डर्टमुण्डले ७५ मिलियन पाउण्डमा विक्रि गर्न खोजेको बताइएको छ ।

डर्टमुण्डले हालान्डलाई टिममा नै राखेर सान्चोलाई विक्रि गर्न खोजेको बताइएको छ । सान्चोको स्थानमा डर्टमुण्डले लिलबाट जोनाथन कोनीलाई ल्याउने तयारी गरेको छ ।

सान्चोलाई अनुबन्ध गर्न खोजेको म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको अर्को क्लव चेल्सीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal