आर्सनलका मिडफिल्डर डानी रियल फर्किने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-११
  • |
  • 355 पटक हेरिएको

आर्सनलका मिडफिल्डर डानी सेबालोस फेरी रियल मड्रिड फर्किने भएका छन ।

लोनमा दोस्रो पटक आर्सनलमा आएका डानीले यो सिजन सकिएपछि समर्थकसँग विदाई लिदै आर्सनलबाट बाहिरीने तयारी गरेका हनु । मिकेल आर्टेटाको प्रशिक्षणमा डानीले अघिल्लो सिजनमा निकै राम्रो प्रदर्शन गरेका थिए ।

सो सिजनमा आर्सनलले एफ ए कप जितेको थियो । तर आर्टेटाको टिमा डानीले टिममा पर्ने नपर्ने क्रम चलिरहेको थियो ।

२४ बर्षे डानीले आफ्नो इन्स्टाग्राममा भावुक सन्देश लेख्दै तेस्रो पटकपनि आर्सनलसँग खेल्ने चाहना बाँकी रहेको बताएका छन ।

डानीलाई तेस्रो पटक लोनमा बाहिर पठाउन निकै कठिन रहेको छ । त्यसैले डानीले ला लिगा नै खेल्ने पक्का छ ।

उनको रियललाई पनि केहि खाँचो देखिएको छ । यदि रियलले सधैका लागि बिक्रि गरेको खण्डमा भने उनी आर्सनल फर्किन पाउनेछन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey