Mega Bank

सन्दिप लामिछानेले नाइट राइडर्सबाट सिपीएल खेल्ने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-११
  • |
  • 288 पटक हेरिएको

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले ट्रीनबेगो नाइट राइडर्सबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । 

साविक विजेता नाइटराइडर्सले सन्दिपलाई कति रकममा अनुबन्ध गर्यो भन्ने खुलाएको छैन । अघिल्लो सिजनमा सन्दिपले जमैका तलावाजबाट खेल्दा ११ खेलमा १२ विकेट लिएका थिए । त्यो बेला सन्दिप करिव एक करोड रुपैयाँमा अनुबन्ध भएका थिए ।

कायरन पोलार्डको कप्तानीमा रहेको नाइट राइडर्समा भारतीय नायक शाहरुख खानको लगानी रहेको छ । योस टिम कोलकाता नाइटराइडर्सको सिस्टर टिम रहेको छ । ब्रान्डम म्याक्कुलन प्रशिक्षक रहेको टिममा सुनील नारायन, ड्वेन ब्रभो, सिकन्दर राजा, कोलीन मुनरो जस्ता खेलाडी रहेका छन ।

सन्दिपलाई नाइराडर्सले ड्राफ्ट अगाडी नै टिममा लिएको हो । अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म हुने सो प्रतियोगिताका अगाडी सन्दिप बेलायतमा हुने टी २० ब्लास्ट र द हन्ड्रेन्ड क्रिकेट प्रतियोगिता खेल्न जानेछन । तर उनी कहिले जान्छन भन्नेमा एकिन छैन ।

सन् २०१९ बाट क्यारेवियन प्रिमियर लिग खेल्न थालेका सन्दिपले अहिलेसम्म तीन संस्करण खेलिसकेका छन । उनको यो चौथो संस्करण हुनेछ ।
सन् २०१८ मा सेन्ट किट्स र नेभिस पेट्रियोट्सबाट खेलेका सन्दिपले २०१९ मा बारबाडोसबाट खेलेका थिए । यस्तै अघिल्लो सिजन उनले जमैका तलावाजबाट खेलेका थिए । सन्दिपले तीन स‌स्करणमा गरेर कुल ३३ विकेट लिएका छन ।

भर्खरै

Advertisement