केन्द्रीय अनुबन्धमा रहने भारतीय महिला क्रिकेटरको संख्या घट्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-११
  • |
  • 537 पटक हेरिएको

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले महिला क्रिकेरटको केन्द्रीय अनुबन्ध घोषणा गरेको छ ।

विश्वकै सबैभन्दा धनी क्रिकेट बोर्ड बीसीसीआईले महिला क्रिकेटरको केन्द्रीय अनुबन्धन संख्या भने घटाएको छ । यसअघि २२ जना भारतीय महिला क्रिकेटर बार्षिक सम्झौतामा रहेकोमा यस वर्ष जम्मा १९ जना रहेका छन् ।

लगातार भारतमा महिला र पुरुष क्रिकेटरमा धेरै विभेद भएको कुराहरु सार्वजनिक हुँदै आए पनि यस पटक यो निर्णयले बीसीसीआई फेरि आलोचित हुने देखिएको छ ।

अनुबन्ध अनुसार ए श्रेणीका महिला क्रिकेटरहरुले बार्षिक ५० लाख भारतीय रुपैयाँ पाउने गरेका छन् भने यो समूहका पुरुष क्रिकेटरले ७ करोड रुपैयाँ पाउँदै आएका छन् ।

भारतीय महिला क्रिकेट खेलाडीले १५ महिनापछि टी-२० विश्वकपकाे पुरस्कार रकम पाउँदै

भारतीय महिला क्रिकेटरको बर्गिकरण अनुसार युवा ब्याटर शेफाली बर्मालाई बी श्रेणीमा बर्गिकरण गरेको छ ।

तीन वटै फर्म्याटमा खेल्ने कप्तान हरमनप्रीत कौर, स्मृति मन्धाना र लेग स्पिनर पूनम यादवलाई ए श्रेणीमा राखिएको छ । उनीहरुले बार्षिक ५० लाख पाउने छन् ।

यसैगरी समूह बीमा मिताली राजका साथै झूलन गोस्वामी र दिप्तीशर्मा सहित १० खेलाडी छन् । उनीहरुले बार्षिक ३० लाख भारु पाउने छन् ।
यसैगरी रिचा घोष पहिलो पटक सी श्रेणीमा पर्न सफल भइन् ।

उनीसहित ६ जना खेलाडीलाई सी श्रेणीमा राखिएको छ भने उनीहरुले बार्षिक १० लाख भारु पाउने छन् । गत बर्ष केन्द्रीय सम्झौतामा रहेका वेदा कृष्णामूर्ति र एकता विष्ट भने बर्गिकरणबाट आउट भएका छन् ।

श्रेणी बिभाजित खेलाडीहरुको सूची

 श्रेणी ए  : हरमनप्रीत कौर, स्मृति मंधाना, पूनम यादव ।

श्रेणी  बी : मिताली राज, झूलन गोस्वामी, दीप्ति शर्मा, पूनम राउत, राजेश्वरी गायकवाड, शेफाली वर्मा, राधा यादव, शिखा पांडे, तानिया भाटिया, जेमिमाह रोड्रिग्ज ।

श्रेणी सी : मानसी जोशी, अरूधति रेड्डी, पूजा वस्त्रकार, हरलीन देओल, प्रिया पूनिया, ऋचा घोष ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey