‘युनाइटेडले प्रिमियर लिग जित्ने हाे भने सान्चाे, केन र भारानेलाई अनुबन्ध गर्नुपर्छ’

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-११
  • |
  • 321 पटक हेरिएको

म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी गेरी नेभिल्सले तीन जना खेलाडीलाई क्लवले अनुबन्ध गरेको खण्डमा प्रिमियर लिगको उपाधि जित्न सक्ने दाबी गरेका छन । उनले युनाइटेडले प्रिमियर लिगको उपाधि जित्ने हो भने हेरी केन, जाडोन सान्चो र रफायल भारानेलाई अनुबन्ध गर्नुपर्ने सुझाव दिएका छन ।

नेभिलले तीन खेलाडीलाई युनाइटेड भित्र्याउन सकेको खण्डमा अर्को सिजनको प्रिमियर लिग जित्ने बताए । त्यसका लागि युनाइटेडले गम्भिर हुनुपर्ने धारणा राखेका छन । टोटनहमका स्ट्राइकर केन र बोरुसिया डर्टमुण्डका सान्चो उचित मुल्यमा युनाइटेडले भित्र्याउने मौका पनि रहेको बताइएको छ ।

उनले भाराने, केन र सान्चो बराबरी प्रिमियर लिगको उपाधि भनेका छन । यो सिजन लिगको दोस्रो स्थानमा रहेको युनाइटेडले केनलाई ल्याउन खोजिरहेको छ भने सान्चोसँग अघिल्लो सिजन देखि नाम जोडिएको छ ।

यस्तै रियलसँगको सम्झौता सकिनका लागि एक बर्षमात्र बाँकी रहेका भारानेलाई पनि युनाइटेडले सम्झौता गर्न सक्ने बताइएको छ ।
नेभिलले युनाइटेडले अर्को सिजनमा प्रिमियर लिगमा लामो समयदेखिको उपाधिको खडेरीलाई समाप्त गर्ने हो भने अहिलेको टिममा परिवर्तन गुर्नपर्ने बताए । उनले प्रशिक्षक ओले गुनरले आफ्नो रणनिती परिवर्तन गरेर खेलाडीको सार्पनेसमा बढि ध्यान दिनुपर्ने बताए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal