नेयमार र बार्सिलाेना आर्थिक विवाद मिलाउने बाटाेमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-११
  • |
  • 356 पटक हेरिएको

स्पेनीस क्लव बार्सिलोना र नेयमारले आपसिसमझदारीमा कोर्टको मुद्दालाई साम्य पार्ने भएका छन । नेयमारले बार्सिलोनाविरुद्ध र बार्सिलोनाले नेयमारविरुद्ध अहिले कोर्टमा मुद्दा चलिरहेको छ । दुबै पक्षले एकले अर्कालाई रकम दिनुपर्ने भन्दै मुद्दा हालेका छन ।

बार्सिलोनाले यदि नेयमारले मुद्दा फिर्ता लिएमा र ४७.१५ मिलियन यूरो माग्न छोडेमा लोएलिटी बाफल नेयमारबाट लिनुपर्ने १६.७ मिलियन यूरो छोड्न तयार रहेको बताएको छ ।

दुबै पक्षको अर्को ट्रायल तीन दशमलव पाँच मिलियन युरोको रहेको छ, जुन नेयमारले मागेका थिए । पीएसजीमा सन् २०१७ मा अनुबन्ध हुँदा बार्सिलोनाले सो रकम नदिएको नेयमारको आरोप रहेको छ ।

तर अहिले दुबै पक्ष आर्थिक विवादलाई समाधानको बाटोमा लागेका छन । यस्तैमा पछिल्लो पटक नेयमार बार्सिलोना फर्किने चर्चा चलिरहेका बेला उनले भने पीएसजीसँग २०२५ सम्मका लागि नयाँ सम्झौता गरेका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey