मैत्रीपुर्ण खेल र फिफा विश्वकप छनाैटका लागि नेपाली टिम आजराति जाँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-११
  • |
  • 799 पटक हेरिएको

इराकसँगको मैत्रीपुर्ण खेलका साथै फिफा विश्वकप छनौटका लागि नेपाली टिम आज राती इराक प्रस्थान गर्दैछ । फिफाकाे सहयाेगमा कतार एयरवेजकाे चार्टडबिमानबाट नेपाली टिम इराक जान लागेकाे हाे । 

जेठ १५ गते अर्थात शनिबार हुने मैत्रीपुर्ण खेलका लागि नेपाली टिम मंगलबार इराक जान लागेको हो । इराकसँगको मैत्रीपुर्ण खेलपछि नेपाली टिम आइतबार सडकको बाटो भएर कुवेत प्रस्थान गर्नेछ । याे टुरका लागि जान लागेकाे टिमका २३ खेलाडी र १२ अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । आज राती १० बजे कतार एयरवेजको विमानबाट दोहा हुँदै इराक जाने नेपाली टिमलाई लामाे प्रयासपछि एन्फाले पठाउन लागेकाे हाे ।

नेपालले इराकसँगकाे मैत्रीपुर्ण खेलपछि फिफा विश्वकप छनौट खेल्नेछ । जसमा नेपालले जुन तीन अर्थात जेठ २० गते चाइनीज ताइपेइसँग जुन सात अर्थात जेठ २५ गते जोर्डन र जुन ११ अर्थात जेठ २८ गते अष्ट्रेलियासँग छनौट खेल खेल्नेछ ।

यो टिममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालपनि जाने भएका छन । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा नेपालले पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । यसपटक प्रशिक्षक अब्दुल्लाहले टिममा ६ जना नयाँ अनुहारलाई मौका दिएका छन । नेपाली टिमका लागि बलिया टिमसँगको खेल राम्रो म्याच एक्पोजर हुने अपेक्षा गरिएको छ ।

विश्वकप छनौटमा नेपालले अहिलेसम्म पाँच खेल खेल्दा एकमा जित र चार हार ब्यहोरेको छ । नेपालको विश्वकप छनौटको अर्को चरणमा जाने संभावना निकै कम भएकाले पनि प्रशिक्षक अब्दुल्लाहले युवा खेलाडीलाई एक्पोजर दिनका लागि नै मौका दिएका हुन । यसपटको टिममा युवा खेलाडीमा ए डिभिजन नखेलेका खेलाडीले पनि मौका पाएका छन ।

जसमा सुरज जिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । नेपाली टिमका नियमित सदस्य भरत खवास, रंजित धिमालसहित अमित तामाङ, सेसेहाङ आङदेम्बे, रबि पासवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा र दर्शन गुरुङ टिमबाट बाहिरिएका छन् ।

नेपाली राष्ट्रिय फुटबल टिम :

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान, विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा,

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal