भारतीय महिला क्रिकेट खेलाडीले १५ महिनापछि टी-२० विश्वकपकाे पुरस्कार रकम पाउँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-११
  • |
  • 754 पटक हेरिएको

भारतीय महिला क्रिकेट खेलाडीले टी २० विश्वकपको पुरस्कार कम १५ महिनापछि बल्ल पाउने भएका छन । भारतीय क्रिकेट बोर्डले १५ प्रतियोगिता सकिएको १५ महिनापछि पाँच लाख अमेरीकी डलर पुरस्कार खेलाडीलाई लिनका लागि भनेको छ ।

यूकेको पत्रिका टेलिग्राफले महिला खेलाडीले पुरस्कार नपाएको समाचार सार्वजनिक भएपछि केहि चर्चा भएको थियो । आइसीसीले पुरस्कार रकम गत मार्चमा अर्थात प्रतियोगिता सकिएको एक साता पछि नै बीसीसीआईको खातामा पठाएको थियो । तर बीसीसीआईले नै खेलाडीलाई पुरस्कार रकम दिन ढिलाई गरेको बताइएको थियो ।

भारतीय क्रिकेट बोर्डले भने पुरस्कार रकम ढिलो हुनुको कारणबारेमा कुनै जानकारी नभएको प्रतिक्रिया दिएको थियो ।

भारतीय क्रिकेट बोर्डले मार्च २०२० पछि खेलाडीले पाउने म्याच फी, केन्द्रिय सम्झौताको रकम लगायतका कुराको मुक्तानी गर्नका लागि खेलाडीलाई इनभ्वाइस मागेको थियो । खेलाडीले सबै बुझाएर रकमका लागि कुरिरहेका थिए । यसका साथै सारजाहमा भएको टी २० च्यालेञ्जको रकम, दक्षिण अफ्रिकाविरुद्धको सिरीको रकम लगायतका थिए ।

यता महिला टी २० विश्वकपको रकमलाई बीसीसीआईले बल्ल आएर दिने तयारी गरेको छ । यस्तै सन् २०२० मा भएको यू १० विश्वकपको पुरस्कार रकम पनि बीसीसीआईले खेलाडीलाई बल्ल दिएको बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey