विराज भन्छन-‘साफ जित्ने धोको अधुरो रह्यो, अझै एक दुई बर्ष घरेलु फुटबल खेल्छु’

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१०
  • |
  • 699 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले घरेलु मैदानमा भएको त्रिदेशीय फुटबल प्रतियोगितापछि अन्तराष्ट्रिय करियरबाट सन्यास लिए । नेपालका लागि सर्वाधिक क्याप जित्ने खेलाडी विराजको विदाई निकै सुखद रह्यो ।

घरेलु मैदानमा उपाधि जित्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय टिमको ब्लेजर लगाउदै उनले अन्तराष्ट्रिय फुटबलबाट विदा भए । नेपालका लागि सर्वाधिक सफल कप्तान विराजको कप्तानीमा नेपालले साग, बंगबन्धू र एएफसी सोलिडारीटी कपको उपाधि जितेको थियो । लगातार तीन वटा अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेरपनि विराजको मनमा अझै साफ च्याम्पियनसिपको उपाधि जित्ने धोको भने पुरा हुन सकेन । जुन अहिलेपनि उनको मनमा खड्किरहेको छ ।

राष्ट्रिय टिमबाट ७५ क्याप जितेका विराज करिव १३ बर्षको करियरमा धेरै उताडचडाव भोगे । त्यसमा पनि करियरको अन्तिममा उनी कप्तान हुँदाहुँदै टिमबाट निकै समय बाहिर रहे । त्यो बेला उनी निकै दुःखी भएको प्रतिक्रिया दिए । हाल सन्यास लिएपनि घरेलु फुटबलमा भने उनी खेलेका थिए । विराजले अझैपनि एक दुई बर्ष घरेलु फुटबल खेल्ने बताएका छन । उनले एनएसएल खेल्दा राष्ट्रिय टिमबाट खेलेको झल्को समेत आएको बताए । साथै उनले घरेलु मैदानमा घरेलु दर्शकमाझ सन्यास लिन पाउँदा निकै खुसी लागेको तर अहिले कतै चाँडै सन्यास त लिइन भन्ने आभाष कहिले काहि हुने बताए ।

नेपालमा म्याच फिक्सिङको आरोपमा खेलाडी पुलिसको फन्दामा रहेका बेला विराजले कप्तानीको जिम्मेवारी पाएका थिए । निकै लक्की कप्तान मानिएका तीन नम्वर जर्सीमा देखिने विराजले राष्ट्रिय टिमबाट सन्यास लिएपछि एन्फाले त्यसको सम्मान स्वरुप आफुलाई केहि सहयोग गर्नेमा आशावादी रहेको बताए ।

उनले अब खेल्न पुर्ण रुपमा छोडेपछि आफु फुटबलमा नै देखिने तर के गर्ने भन्ने एकिन नभएको बताए । हेरौ विराज महर्जनसँग नेप्लेजले लिएको अन्तरवार्ता

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey