विवादै विवादको अखडाका पहलवान सुशील कुमार !

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१०
  • |
  • 450 पटक हेरिएको

नेप्लेज । छत्रसाल स्टेडियममा जुनियर गोल्ड मेडलिस्ट पहलवान सागर राणाको हत्या आरोपमा भारतका लागि ओलम्पिकमा गोल्ड मेडल जितेका सुशील कुमार पक्राउ परेका छन् ।

उनलाई ६ दिन हिरासतमा राख्न भनिएको छ । सुशील कुमार भारतीय खेलाडीमा सवैभन्दा विवादास्पद खेलाडी हुन भन्दा पनि हुन्छ । उनी र विवादको साइनो निकै पुरानो रहेको भारतीय सञ्चारमाध्यमहरुले नै लेखेका छन् । सुशीलसँग विवाद हुँदा ओलम्पिकमा मेडल जितेका योगेश्वर दत्त, वल्र्ड रेस्लिङ च्याम्पियनसिपमा मेडल जितेका बजरंग पूनिया तथा अन्य केही रेस्लिङ (कुस्ती) खेलाडीले छत्रसाल स्टेडियम छोडेर गएका थिए ।

ओलम्पियन सुशील कुमार ६ दिनका लागि पुलिस हिरासतमा

नरसिंह यादव र सुशीलको विवाद भारतीय कुस्तीमा चर्चाको विषय नै बनेको थियो । २०१८ मा नेशनल छनोटका बेला प्रविण राणा र उनका भाइलाई कुटपिट गरेको आरोपमा सुशीललाई कारबाहीको माग गर्दै पुलिसमा आरोप पत्र दर्ता पनि भएको थियो ।

नरसिंहको सुशीलमाथि गम्भीर आरोप

सन् २०१६ मा रियो ओलम्पिकका लागि ७४ किलोमा नरसिंह यादव र २ पटकका ओलम्पिक मेडलिस्ट सुशील कुमार दावेदार थिए । सुशील ओलम्पिक क्वालिफायर्सको छनोटमा सहभागि हुन पाएनन् ।

आराेपित खेलाडी सुशील कुमार

त्यसपछि नरसिंहलाई ओलम्पिक क्वालिफायर्समा पठाइएको थियो । नरसिंहले ओलम्पिकमा स्थान पनि बनाउन सफल रहेका थिए । नेशनल रेसलिंग फेडरेशन अफ इन्डिया (डब्लयूएफआई)को नियम अनुसार जो खेलाडीले यो क्याटेगोरीमा कोटा हासिल गर्न सक्छ त्यही खेलाडी ओलम्पिकमा भारतबाट खेल्छ भनिएको थियो ।

सुशीलले भने आफू दुई पटकको मेडलिस्ट भएकाले आफूले नै त्यो मौका पाउनु पर्ने दावी गरेका थि ए । यो विषयमा सुशीलले अदालतमा गुहार लगाए पनि उनको मुद्दा नै अदालतले खारेज गरेको थियो ।त्यसपछि नरसिंहले छत्रसालमा नभई सोनीपत स्पोर्टस अथोरिटी अफ इन्डिया एसएआईमा अभ्यास शुरु गरेका थिए ।

ओलम्पिकको १० दिन पहिला नरसिंहले नेशल एन्टी डोपिङ एजेन्सी नाडाका तर्फबाट पठाएको स्याप्ल पोजेटिभ आयो । तर, नाडाले उनलाई क्लिन चीट दिएको थियो । उनलाई वल्र्ड एन्टी डोपिङ एजेन्सी (वाड)ले नरसिंहलाई ओलम्पिकमा सहभागीता जनाउन त दिएन नै साथ साथै चार वर्षको प्रतिबन्ध पनि लगाएको थियो ।

यो विषयमा नरसिंहले खुलेरै सुशील माथि गम्भीर आरोप लगाए । सुशीलको इशारामा आफूलाई फसाईएको नरसिंहले बताएका थिए । उनले सोनिपतमा आफूले गरिरहेको अभ्यासका क्रममा खानामा सुशीलले केही मिसाएर गएका कारण आफू डोपिङमा परेको बताएका थिए । यो विषयमा भारतीय प्रधानमन्त्रीले नै पहल गर्दै घटना जाँच गर्नका लागि कमिटी गठन गरिएको थियो । नरसिंहलाई फसाए पनि सुशीललाई भने इन्डियन ओलम्पिक एसोसिएशन ओलम्पिकमा पठाउन अस्वीकार गरेको थियो ।

पहलवान प्रवीण कुमारसँगको कुटपिट प्रकरण

सुशील कुमार VS नरसिंह यादव।

सुशीलको नाम सन् २०१७ को रेसलर प्रवीण राणासँगको कुटपिट प्रकरणमा पनि आएको थियो । त्यतिबेला दिल्लीको इन्दिरा गान्धी इन्डोर स्टेडियममा २०१८ को गोल्ड कोस्ट कमनवेल्थ गेमका लागि छनोट गरिएको थियो । यो छनोटमा सुशीलको भिडन्त उदाउँदो रेसलर प्रवीण राणासँग भएको थियो । त्यतिबेला सुशीलका समर्थकहरुले प्रवीण र उनका भाईमाथि हातपात गरेका थिए । उनीहरुले सुशीलकै ईशारामा यो घटना भएको भन्दै प्रहरीमा उजुरी पनि दिएका थिए ।

ओलम्पिक पदक विजेता योगेश्वरसँग पनि झगडा

सुशील और नरसिंह की ये तस्वीर लंदन ओलिंपिक से पहले की है।

लण्डन ओलम्पिकमा सुशीलसँगै कास्य पदक जितेका योगेश्वरसँग पनि उनको विवाद भएको थियो । योगेश्वर छत्रसाल स्टेडियममै अभ्यास गर्ने गरेका खेलाडी हुन् । सुशीलसँगको विवाद र लण्डन ओलम्पिकपछि छत्रसाल स्टेडियम नै छाडेका थिए । योगेश्वर र सुशील पहिला भने राम्रा साथीको रुपमा रहेका थिए ।

जीतेन्द्र र प्रवीण दुवै ७४ किलो वेट क्याटेगोरीका खेलाडी हुन् । दुवै जनाले सुशीललाई आदर्श मान्ने गरेका थिए र सार्वजनिकरुपमै उनीहरुले सुशीलको पाउ छुने पनि गरेका दृश्यहरु सार्वजनिक भएका थिए । त्यसका साथै वल्र्ड रेस्लिङ च्याम्पियनसिपमा मेडल जिति सकेका बजरंग पूनिया पनि सुशीलसँगकै विवादका कारण छत्रसाल स्टेडियम छाडेर गएका थिए । पुनियाले अहिले टोकियो ओलम्पिकका लागि स्थान पक्का गरिसकेका छन् ।

२०१९ को वल्र्ड च्याम्पियनसिपको छनोटमा जीतेन्द्रसँग विवाद

लंदन ओलिंपिक से पहले योगेश्वर दत्त और सुशील अच्छे दोस्त हुआ करते थे।

२०१९ को वल्ड च्याम्पियनसिपका लागि भएको छनोटमा सुशीलमाथि पहलवान जीतेन्द्रले आफूलाई जानी जानी आँखामा हानेको आरोप लगाएका थिए । २०१९ मा इन्दिरा गान्धी स्टेडियममा भएको छनोटको फाइनलमा जीतेन्द्र र सुशील भिडेका थिए ।

सुशीलले कुस्तीका बेला जीतेन्द्रको औठामा चोट लगाइदिएका थिए । त्यसपछि बायाँ आखामा मुड्कीले प्रहार गरेका थिए । जीतेन्द्रले त्यतिबेला एक न्यूज एजेन्सीसँगको कुराकानीमा त्यो चोट पछि केही बेर आखाँ नै देख्न नसकेको बताएका थिए । तर, चोट लागे पवनि जीतेन्द्रले अन्तिमसम्म सुशीलसँग फाइट गरेका थिए ।

प्रशिक्षक रामफल र वीरेन्द्र सिंहले पनि छाडे

सुशील के खास कोच रह चुके वीरेंद्र सिंह भी छत्रसाल स्टेडियम छोड़कर चले गए।

सुशीलको विवाद खेलाडीसँग मात्रै सिमित थिएन । उनको व्यवहारका कारण उनका प्रशिक्षकहरु पनि हैरान नै थिए । फलस्वरुप उनीहरुले सुशीलको मात्रै साथ छोडेनन् छत्रसाल स्टेडिम नै छाडेका थिए । लण्डन ओलम्पिकपछि प्रशिक्षक रामफल छत्रसाल स्टेडियम छोडेर गएका थिए । त्यसको ६ महिनापछि सुशीलको खास मानिने प्रशिक्षक वीरेन्द्र सिंहले पनि विवादकै कारण सुशीलसँगको सम्बन्ध तोडेका थिए ।

यूपीमा ग्यांङ स्टारसँग सम्बन्ध
सुशीलको नाम उत्तर प्रदेशका नामी सुटर भाटीसँग पनि जोडिएर आउने गरेको छ । सुशीलले दिल्ली र गाजियाबादको सिमानामा टोल ट्याक्स असुल गर्ने ठेक्का लिएका छन् । सुशीलले त्यो ठेक्का त्यहाँका ग्यांङस्टार सुन्दर भाटीलाई दिएको आरोप पनि लाग्ने गरेको छ । –एजेन्सीको सहयोगमा

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey