बार्सिलोनामा पहिलो क्रिकेट स्टेडियम निर्माण हुँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१०
  • |
  • 493 पटक हेरिएको

इंग्ल्याण्ड, अस्ट्रेलियामा, दक्षिण अफ्रिका जस्ता धेरै देशमा क्रिकेट निकै नै लोकप्रिय खेल मानिन्छ ।

तर, फुटबलमा लोकप्रिय मानिने स्पेनको बार्सिलोनमा पहिलो क्रिकेट मैदान पनि बन्ने भएको छ ।

त्यसका लागि भारत र पाकिस्तानका महिला टिमले निकै प्रयास गरेका छन् ।

फुटबल पछि बार्सिलोना सहर क्रिकेटमा पनि अगाडि आउने प्रयासमा रहेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बार्सिलोनमा भारत र पाकिस्तानका महिला खेलाडीले लामो समयदेखि क्रिकेट खेले पनि त्यहाँ राम्रो पिच थिएन ।

त्यसका लागि खेलाडीहरुले नै पटक पटक पिच बनाउन आग्रह गर्दै पनि आएका थिए ।

पिच निर्माणका लागि उनीहरुले उपकरणको व्यवस्था मिलाएको जनाइएको छ ।

अहिले बार्सिलोनाले ३० मिलियन युरोको लागतमा स्टेडियन पनि तयार पार्ने योजनाका साथ काम गरिरहेको छ ।

यो नै त्यहाँको पहिलो क्रिकेट स्टेडियम पनि हुने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey