भारतीय महिला क्रिकेटरले विश्वकपकै पैसा पाएनन्

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१०
  • |
  • 686 पटक हेरिएको

भारतमा पनि महिला र पुरुष क्रिकेटरका बीचमा भेदभाव कायमै रहेको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले अहिले पनि महिला र पुरुष खेलाडीका बीचमा गरिएको विभेदको घटना सार्वजनिक भएको छ ।

भारतीय महिला क्रिकेट टिमले गत वर्षको मार्चमा अस्ट्रेलियामा टी २० विश्वकप खेलेको थियो ।

त्यतिबेला भारतीय महिला टिम फाइनलसम्मको यात्रा तय गर्न सफल भएको थियो । तर, उप विजेता भएको भारतीय टिमका खेलाडीहरुले अहिलेसम्म बीसीसीआईबाट पुरस्कारवापतको रकम नै पाएका छैनन् ।

बीसीसीआईले त्यतिबेला पाँच हजार डलर पुरस्कार रकम पाएको थियो । उक्त रकम टिमका १५ जना सदस्यलाई बाँड्ने भनिएको थियो । त्यो अझै खेलाडीहरुले पाएका छ्रैनन् ।

हरमनप्रितको कप्तानीमा रहेका खेलाडीहरुले ३३ हजार डलर पुरस्कार पाउनु पर्ने थियो । अहिले पनि भारतीय पुरुष टिमको शीर्ष श्रेणीमा रहने खेलाडीले बार्षिक सात करोड पाउँदा महिला खेलाडीले बार्षिक ५० लाख रुपैयाँ मात्रै पाउँछन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal