शाकिबले पुरा गरे प्रोफेशनल क्रिकेटमा १००० विकेट

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१०
  • |
  • 470 पटक हेरिएको

विश्वकै उत्कृष्ट अलराउण्डरको रुपमा चिनिने बंगलादेशी क्रिकेटर शाकिब अल हसनले नयाँ कीर्तिमान बनाएका छन् ।

श्रीलंकाविरुद्ध आइतबार राति भएको खेलमा एक विकेट लिएसँगै हसनले प्रोफेशनल क्रिकेटमा १००० विकेट पुरा गरेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट, एक दिवसीय र टी २० सबै फरम्याटमा खेलेका शकिब २०१९ मा भने एक वर्षे प्रतिबन्धमा परेका थिए । विश्वकपका बेला म्याचफिक्सिङ गर्नेहरुले उनीसँग गरेको सूचना आईसीसीलाई जानकारी नगराएको भन्दै उनि प्रतिबन्धमा परेका थिए ।

त्यो प्रतिबन्ध फुकुवा पछि उनी अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका थिए ।

शाकिबले अहिलेसम्म टेस्ट, एक दिवसीय र टी २० का साथै घरेलू र विभिन्न टी २० फ्रेन्चाइजी लिगबाट गरि एक हजार विकेट पुरा गरेका हु्न्् । शाकिबले बंगलादेशका लागि टेस्टमा ५७ म्याचमा २१० विकेट लिएका छन् ।

यसैगरी २१० एक दिवसीय क्रिकेट खेलेका शाकिबको नाममा २६७ विकेट रहेको छ भने ७६ टी २० बाट ९२ विकेट आफ्नो नाममा राखेका छन् । बंगलादेशबाट कुल ३४३ म्याचमा शाकिबले ५६९ विकेट लिएका छन् । त्यसैगरी उनले आईपीएलमा ६६ म्याच खेल्दा ६१ विकेट रहेको छ । उनले बंगादेशको घरेलु क्रिकेटका साथै अन्य विदेशी लिग पनि खेलेका छन् ।

एक हजारौं विकेटको रुपमा भने शाकिबले श्रीलंकाका कुशल मेन्डिसलाई शिकार गरेका थिए । यो खेलमा बंगलादेशसँग श्रीलंका ३३ रनले पराजित भएको थियो । यो सिरिजमा बंगलादेश एक सून्यले अघि रहेको छ भने अब २ वटा एकदिवसीय म्याच बचेका छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal