जिम्बावेका क्रिकेटर रायनलाई पुमाले प्रायाेजन गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१०
  • |
  • 353 पटक हेरिएको

जिम्बावेका क्रिकेटर रायन बुर्लले फाटेको स्पाइक सिलाइराखिएको तस्विर सोसियल मिडियामा राखेर प्रायोजक चाहियो भन्दै क्याप्सन लेखेका थिए । जसका प्रतिउत्तरमा पुमा कम्पनीले प्रायोजक गर्नका लागि तयार भएको छ ।

विश्वको प्रख्यात कम्पनी पुमाले रायनलाई ट्विटरमा प्रतिउत्तर दिँदै स्पाइकमा ग्लु लगाउने समय सकिएको र तपाईको कभर म गर्छ भन्दै ट्विट गरेको छ ।

रायनले ट्विटरमा स्पाइकको तस्विर राखेर के हामीले प्रायोजक पाउन सक्छौ भन्दै विभिन्न कम्पनीलाई मेन्सनपनि गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey