स्वारेज अर्काे सिजनपनि एट्लेटिकाे मै रहने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१०
  • |
  • 406 पटक हेरिएको

अघिल्लो सिजन मात्र पाँच मिलियन पाउण्डमा बार्सिलोनाबाट एट्लेटिको मड्रिडमा अनुबन्ध भएका लुइस स्वारेजले अर्को सिजनपनि मड्रिडमा नै रहने बताएका छन ।

बार्सिलोनाबाट हेपिएर एट्लेटिकोमा गएका स्वारेजले आइतबार राती भएको अवार्ड कार्यक्रममा आफु अर्को सिजनपछि एट्लेटिकोमा नै रहने बताए ।

बार्सिलोनाबाट अघिल्लो सिजनमा एट्लेटिकोमा अनुबन्ध हुँदा उनले दुई बर्षको सम्झौता गरेका थिए । यो सिजनमा एट्लेटिकोलाई उपाधि दिलाउन महत्वपुर्ण भूमीका खेलेको उनले ला लिगामा २१ गोल गरेका थिए ।

उनले एट्लेटिकोले आफुलाई निकै माया दिएको र आफुले एट्लेटिकोबाट नयाँ इतिहास बनाउने चाहना रहेको बताए । ला लिगाको उपाधि पक्का गरेपछि मैदानबाट नै परिवारसँग कुरा गर्दा उनी निकै भावुक भएका थिए ।

उनले गत समरमा आफ्ना लागि निकै कठिन भएको बताए । बार्सिलोनाले आफुमाथि गरेको ब्यवहार निकै कठिन भएको बताए । उनले बार्सिलोनाबाट बाहिर निस्किदा निकै कठिन भएको, त्यसमा पनि सबै कुरा जीवनमा सेटल भइसकेको अवस्थामा अचानक ठाँउ छोड्नु कठिन हुने र आफुलाई पनि त्यस्तै भएको बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey