१० बर्षपछि लिल फ्रेन्च लिगकाे च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१०
  • |
  • 719 पटक हेरिएको

फ्रेन्च लिग वन को उपाधि लिलले जितेको छ । १० बर्षपछि घरेलु लिगको उपाधि जितेको लिलले पीएसजीलाई पछि पार्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो । लिलको समग्रमा यो चौथो लिग वन को उपाधि हो ।

अन्तिम पटक सन् २०१० र ११ को सिजनमा लिगको उपाधि जितेको लिलले यो सिजनमा साविक विजेता पीएसजीलाई एक अंकले पछि पार्दै च्याम्पियन बन्यो । लिगको अन्तिम खेलमा लिलले एन्जर्समाथि दुई एकको जित निकाल्यो । यता पीएसजीले पनि आफ्नो खेलमा दुई शुन्यको जित निकालेपनि उपाधिबाट बञ्चित भयो ।

लिलले एन्जर्सविरुद्ध खेलको १० औं मिनेटमा अग्रता बनाएको थियो । उसका लागि रेनाटो सान्चेजको पासमा डविडले गोल गर्दै टिमलाई एक शुन्यले अगाडी राखे । पहिलो हाफको इन्जुरी समयमा लिलले अन्तर दुई शुन्यमा पुर्यायो । उसका लागि सुराक यिल्माजले गोल गरे ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको लिलले खेलको अन्तिम समयमा एक गोल फर्काएपनि हार टार्न सकेन । उसका लागि इन्जुरी समयमा एन्जेलो फुगीलिनीले गोल गरेका थिए ।

उसले पीएसजीको लिगमा एकछत्र राजलाई तोडेको छ । पीएसजीले पछिल्ला आठ सिजनमा सात पटक लिगको उपाधि जितेको थियो ।
लिलले फ्रेन्च लिग यसअघि सन् १९४५ र ४६, १९५३ र ५४, २०१० र ११ को सिजनमा जितेको थियो । सन् २०१८ र १९ को सिजनमा उपविजेता बनेको लिल यो पटक भने च्याम्पियन बन्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey