भावुक हुँदै आर्सनलबाट बिदा लिए लुइजले

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०९
  • |
  • 386 पटक हेरिएको

प्रिमियर लिगको सिजन सुखदका साथ सकेको आर्सनलका डिफेन्डर डेविड लुइजका लागि अन्तिम खेलपनि निकै सुखमय बन्यो ।

आर्सनलले जित निकाल्दा लुइजका लागि नजितका हिसावले सुखद भएपनि साथीहरुलाई छोड्दा भने निकै दुखिद बने । खेल अगाडी आर्सनलको ड्रेसिङ रुममा विदाईको सन्देश दिँदा उनी निकै भावुक बनेका थिए ।

सबै खेलाडीको अगाडी उनले सन्देश दिँदा उनी निकै भावुक भएका थिए । उनले आफुले क्लवमा हुँदा सधै सत प्रतिशत दिएको र आफुले केहि गल्ति गरेको भएमा त्योपनि टिमका खेलाडीसँग नै गरेको बताए ।

दुई बर्ष आर्सनलमा विताएका लुइज अब कुन क्लवमा जान्छन भन्ने एकिन छैन । तर अन्तिम खेल खेल्नु अगाडी उनले सबैलाई धन्यवाद दिए ।

उनले कुनै समय आर्सनलको ड्रेसिङ रुममा सबै भन्दा कान्छो खेलाडी थिए भने अहिले सबै भन्दा बुढो खेलाडी भएको बताए ।

डिफेन्डर लुइज चेल्सीबाट दुई सिजन अगाडी आर्सनलमा अनुबन्ध भएका थिए । उनी टिमका मुख्य डिफेन्डरमा रहेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey