युनाइटेड र आर्सनलकाे सुखद अन्त्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०९
  • |
  • 618 पटक हेरिएको

इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले यो सिजनमा सुखद अन्त्य गरेको छ । लिगको अन्तिम खेलमा युनाइटेडले उल्भ्सलाई दुई एकले हरायो ।

युनाइटेडका लागि इलांगा र माटाले एक एक गोल गरे । खेलको १३ औं मिनेटमा इलांगाको गोलमा युनाइटेडले अग्रता बनायो । तर ३९ औं मिनेटमा नेल्सोन सेमिडोले गोल गर्दै खेल एक एक गोलको अवस्थामा पुर्याए ।

पहिलो हाफको अन्तिममा युनाइटेडले पेनाल्टीको अवसर पायो । जसलाई माटाले गोलमा परिणत गर्दै टिमलाई पहिलो हाफमा दुई एकले अगाडी राखे । दोस्रो हाफमा दुबै टिमबाट थप गोल हुन सकेन र युनाइटेडका लागि पहिलो हाफको स्कोर नै जित निकाल्न पर्याप्त बन्यो ।

यस्तै अर्को खेलमा आर्सनलले दुई शुन्यको जित निकाल्यो । उसले ब्राइटोनलाई पराजित गर्दा दुबै गोल पेपेले गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको आर्सनलले ४९ औं मिनेटमा अग्रता बनायो । उसका लागि निकोलस पेपेले गोल गरे । त्यसपछि ६० औं मिनेटमा फेरी पेपेले नै गोल गर्दै टिमलाई दुई शुन्यले अगाडी राखे ।

त्यसपछि थप गोल हुन सकेन र आर्सनलले दुई शुन्यको जित निकाल्यो । आर्सनलले यो सिजन सातौं स्थानमा रहदै सकेको छ । उसले ३८ खेलमा ६१ अंक बनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey