लिगकाे अन्तिम खेलमा सिटीकाे सानदार जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०९
  • |
  • 587 पटक हेरिएको

प्रिमियर लिगको च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले लिगको अन्तिम खेलमा एभर्टनमाथि पाँच शुन्यको सानदार जित निकालेको छ ।

म्यानचेस्टर सिटीका लागि लिगकाे अन्तिम खेल खेलका सर्जियो अगुइरोले यो खेलमा दुई गोल गरे । यस्तै केभिन डी ब्रुइन, गाब्रियल जिसस र फिल फोडेनले एक एक गोल गरे ।

घरेलु मैदानमा भएको खेलको ११ औं मिनेटमा ब्रुइनको गोलमा सिटीले अग्रता बनायो । १४ औं मिनेटमा जिससले गोल गर्दा पहिलो हाफमा सिटी दुई शुन्यले अगाडी रह्यो ।

दोस्रो हाफमा सिटीले तीन गोल थप्यो । उसका लागि फिल फोडेनले एक गोल गर्दा सर्जियो अगुइरोले दुई गोल थपे ।

खेलको ५३ औं मिनेटमा फोडेनले सिटीका लागि तेस्रो गोल गरे । त्यसपछि पाँच मिनेटमा अगुइरोले दुई गोल गरेपछि सिटीले पाँच शुन्यको फराकिलो जित निकाल्यो । उनले खेलको ७१ औं र ७६ औं मिनेटमा गोल गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey