इन्टरकाे सिरी ए काे अन्तिम खेलमा उत्कृष्ट जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०९
  • |
  • 335 पटक हेरिएको

इटालीयन सिरि ए को उपाधि जितिसकेको इन्टर मिलानले लिगको अन्तिम खेलमा सानदार जित निकालेको छ । यो सिजनमा सुखद अन्त्य गरेको इन्टरले उडीनेजेलाई पाँच एक गोलले हरायो ।

घरेलु मैदानमा भएको खेलमा इन्टरको जितमा एस्ले योङ, क्रिस्टियन एरिक्सन, मार्टिनेज, रोमेलु लुकाकु र इभान पेरिसिचले एक एक गोल गरे । उडीनेजेका लागि एकमात्र गोल रोबर्टोले गरेका थिए ।

खेलको आठौं मिनेटमा योङको गोलमा अग्रता बनाएको इन्टरले ४४ औं मिनेटमा इरिक्सनको गोलमा अन्तर दुई शुन्यमा पुर्यायो ।

पहिलो हाफमा दुई शुन्यको अग्रता बनाएको इन्टरले दोस्रो हाफमा तीन गोल थप्यो । ५५ औं मिनेटमा मार्टिनेजले पेनाल्टीमा गोल गर्दै टिमको अन्तर तीन शुन्यमा पुर्याए । यस्तै ६४ औं मिनेटमा पेरिसिचले टिमका लागि चौथो गोल गरे । खेलको ७१ औं मिनेटमा इन्टरले पाँचौं गोल गर्यो । यो सिजनमा इन्टरलाई लिगको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका लुकाकुले गोल गरे ।

पाँच गोलले पछि परेको पाहुना टिमको रोबर्टोले ७९ औं मिनेटमा पेनाल्टीमा एक गोल फर्काएको थिए । तर त्यसपछि थप गोल हुन सकेन र इन्टरले उत्कृष्ट जित निकाल्यो । यो जितपछि इन्टरले ३८ खेलमा ९१ अंक बनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey